बिहिबार ०४ कार्तिक २०७८

खर्च जुटाउन रेष्टुरेन्टमा काम गर्छिन् अमेरिकी पुर्वराष्ट्रपति ओबामाकी छोरी सासा
7 HOURS अगाडी

Share
खर्च जुटाउन रेष्टुरेन्टमा काम गर्छिन् अमेरिकी पुर्वराष्ट्रपति ओबामाकी छोरी सासा
न्यूयोर्क – तपाईंलाई लाग्ला, राष्ट्रको उच्च ओहोदामा रहेकाको परिवारको जीवन सुखी र भव्य हुन्छ ।

तर, त्यस्तो होइन । केही यस्ता अपवाद हुन्छन् जसले राजनीति व्यापार होइन, सेवा हो भन्ने सन्देश दिन्छ । उदाहरणको रूपमा अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाकी कान्छी छोरी सासालाई ।

PROMOTED CONTENTAdskeeper

Your Wife Will Surely Appreciate This Tip Tonight! Try It Out
More…
775
194
258

Discover Your Family’s Origin From The Shape Of Your Feet
More…
593
148
198

Top 10 Most Expensive Designer Watches In The World
More…
217
54
72
अमेरिकी राजनीतिको एक शक्तिशाली जोडी ओबामा दम्पत्ति उत्तिकै केयरिङ अभिभावक पनि हुन् । मिसेल र बाराकले आफ्ना छोरीहरुलाई गर्ने व्यवहारलाई पनि निकै चासोका साथ हेर्ने गरिन्छ ।

 

बाराककी कान्छी छोरी १५ वर्षिया सासा ओबामा अहिले एक अमेरिकी रेष्टुरेन्टमा काम गर्छिन् । स्कुलबाट समर बिदा भएपछि उनी खर्च जुटाउन काममा लागेकी हुन् । उनी अहिले म्यासाचुसेट्स राज्यको एक रेष्टुरेन्टमा क्यासिअरको काम गर्दैछिन् ।

स्थानीय मार्था भिनेयार्ड रेष्टुरेन्टमा सासा ग्राहकको अर्डर लिन्छिन्, क्यासलाई रजिस्टर गर्छिन् र लन्चका लागि अन्य स्टाफलाई सघाउँछिन् । रेष्टुरेन्टमा उनले काम गर्दै गरेका तस्विरहरु सामाजिक संजालमा भाइरल भैरहेका छन् ।

त्यहाँको एक चर्चित अखबार बोस्टन हेराल्डका अनुसार अमेरिकी खुफिया एजेन्सीका ६ जना सुरक्षाकर्मीहरु सासाले काम गर्ने रेष्टुरेन्टबाहिर उनको काम समाप्तीको पर्खाइमा हुन्छन् ।

 


Last Updated on: August 7th, 2021 at 1:13 am
२०९ पटक हेरिएको

तपाईको प्रतिक्रिया