आइतबार १९ मंसिर २०७८

शनिदेवको दर्शन गरि सबै दुख कस्टहरु भगाउदै भोलिको राशिफल हेर्नुहोस। साउन २३ गते शनिबार, यस्तो छ तपाईंको राशिफल
प्रकाशित मिति: शुक्रबार, साउन २२, २०७८ समय: १६:३८:३१
91
Shares
facebook sharing button 91messenger sharing buttontwitter sharing buttonwhatsapp sharing buttonprint sharing button

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
कृषि, पशुधन र अचल सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिनेछ । अनुकूल समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । भौतिक साधन समेत जुट्नाले प्रसन्नता मिल्नेछ । रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोत समेत बढ्नेछन् ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
खर्चको मात्रा बढ्ने देखिन्छ । व्यवसायमा लगानी बढाउनु पर्ने समय छ । आफ्नै कमजोरीले विवादमा परिनेछ । आटेको काममा सफलता मिल्नेछ । अरुबाट आलोचना हुने, काममा बाधा आउने, धनमाल हराउने, सम्भावना पनि रहेको छ । तपाइको प्रतिभाको उच्च मूल्यांकन हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
स्वादिष्ट भोजनमा मन रमाउनेछ । अध्ययनमा मन नलागे पनि आत्मविश्वास बढ्नेछ । रोकिएका काम बिस्तारै बन्नेछन् । समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ । जीवनसाथीको समस्याले चिन्ता बढाउन सक्छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
भेटघाटको अलमलले नोक्सान पुर्याउन सक्छ । नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिनेछ । व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । मान सम्मानका साथमा प्रशस्तै आम्दानी बढ्ने समय छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । नयाँ प्रेम गर्ने अवसरका साथै प्रेम विवाहमा परिणत हुने योग छ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । प्रतिस्पर्धीलाई परास्त गर्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । कृषि चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन गर्ने मौका छ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । परिवारजनको सहयोगले विशेष कामहरू बन्नेछन् ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ । धैर्यसाथ निरन्तरको प्रयत्नले काममा फाइदा हुनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । व्यापार व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ । विलासितामा खर्च बढ्नेछ । उच्च महत्वाकांक्षाले केही नोक्सानी समेत निम्त्याउन सक्छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । आफन्तबाट टाढिनुपर्ने समय छ । वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ लिन सकिनेछ । आज तपाइलाइ परिवार तथा साथीभाइको सहयोग प्राप्त होला साथै धनलाभको पनि योग रहेको छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । समय लागे पनि काम सम्पादन हुनेछन् । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् । आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । नसोचेको ठाँउबाट धन प्राप्त भइ मन प्रसन्न हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । विवेकले काम लिने प्रयत्न गर्नुहोला। विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । काममा स्थानान्तरण हुन सक्छ । लामो यात्रा सम्भावना छ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । साझेदारीमा पनि राम्रो फाइदा हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
नयाँ काम पाइनेछ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । आलस्यले गर्दा अवसर गुम्न सक्छ । आर्थिक कारोवार अति आवश्यक अवस्था बाहेक नगर्नु नै उचित हुनेछ । नोकरीमा पदोन्नति र स्थानान्तरण हुने सम्भावना छ । व्यापारमा पनि बढी नै फाइदा हुने समय छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
बिना प्रतिस्पर्धा फाइदा हुने योग छ । अरूको भरपर्दा काम रोकिन सक्छ । हिम्मत गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ । तत्काललाई ठूलो फाइदा नउठे पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ । गरेका कामहरूको धेरैले प्रशंसा गर्नेछन् ।


Last Updated on: August 7th, 2021 at 1:21 am
४१८ पटक हेरिएको

तपाईको प्रतिक्रिया