बिहिबार ११ कार्तिक २०७८

काठमाडौ

विद्युत आयात बढेको र महामारीका कारण मिटर रिडिङ पनि प्रभावित भएकाले नाफा खु’म्चिएको शाक्यको स्पष्टी’करण थियो ।प्राधिकरणले गत आवर्थि वर्षसम्म ४ अर्ब ८७ करोड रुपैयाँ सञ्चित नाफा कमाएको थियो । सरकारले आव २०६७/०६८ सम्मको सञ्चित घा’टा करिब २७ अर्व रुपैयाँ अपलेखन गरिदिएपछि घा’टामा गइरहेको थियो ।

आव २०७२/७३मा ३४ अर्ब ६१ करोड रहेको सञ्चित घा’टालाई त्यसपछिका आवहरुमा निरन्तर घटाउँदै प्रा’धिरकण सञ्चित मुनाफामा आइसकेको छ । आव २०७२/७३ मा ८ अर्ब ८९ करोड रुपैयाँ घाटामा रहेको प्रा’धिकरण कार्यकारी निर्देशकका रुपमा कुलमान घिसिङ आएपछिका आवहरुमा निरन्तर बढ्दो नाफामा थियो ।

प्राधिकरणले आव २०७३/०७४ मा एक अर्व ४७ करोड, आव २०७४/०७५मा २ अर्व ८५ करोड, आव २०७५/०७६ मा ९ अर्व ८१ करोड मुनाफा कमाएको थियो । प्राधिकरण सबैभन्दा बढी नाफा कमाउने सार्वजनिक संस्थान बन्दै आएको थियो । तर, गत वर्षबाट प्राधिकरणको नाफा ओरालोतर्फ देखिएको छ ।


Last Updated on: August 7th, 2021 at 12:01 pm
१५९ पटक हेरिएको

तपाईको प्रतिक्रिया