आइतबार ०७ कार्तिक २०७८

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार नाघ्यो

काठमाडौं । नेपालमा कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार नाघेको छ ।

शुक्रबार २५ जना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयकाअनुसार शुक्रबार अपरान्हसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार १९ पुगेको छ ।

कोरोनाले पहिलोपटक २०७७ जेठ ३ गते सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षिया सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु सरकारले पुष्टि गरेको थियो । त्यसयता शुक्रबारसम्म १० हजार १९ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

अहिले नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको मृत्युदर १ दशमलव ५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । यो मृत्युदर सार्क मुलुक भारत, भुटान, माल्दिभ्स र श्रीलंकाको भन्दा बढी रहेको छ ।

कोरोना संक्रमणको पहिलो लहरमा जेष्ठ नागरिक र दोस्रो लहरमा युवा पीडित बनेका थिए । अब तेस्रो लहरको सम्भावनाबारे छलफल भइरहँदा बालबालिका बढी संक्रमित हुने अनुमान गरिएको छ ।


Last Updated on: August 7th, 2021 at 12:09 pm
१२८ पटक हेरिएको

तपाईको प्रतिक्रिया