
रातिदेखि बालाजु औद्योगिक क्षेत्रमा भी’षण आ’गलागी, पानी खसाउँदै सिम्रिक एयर
August 7, 2021 5
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
काठमाडौं महानगरपालिका–१६ स्थित बालाजु औद्योगिक क्षेत्रमा भीषण आगलागी भएकाे छ । शुक्रबार रातिदेखि लागेको आगो अझै नियन्त्रणमा आउन नसकेको बताइएकाे छ ।
शनिबार बिहानसम्म शहरकाे टाढाटाढाबाट समेत त्यहाँकाे आकाशमाथि धुवाँकाे बाक्लाे मुस्लाे उडिरहेकाे देखिन्थ्याे ।
प्रहरीका अनुसार उक्त औद्योगिक क्षेत्रभित्र रहेको नेबिको बिस्कुट उद्योगमा आगलागी भएकाे हाे । राति करिब पौने दुई बजेदेखि आगो लागिरहेको र नियन्त्रणकाे प्रयास जारी रहेकाे प्रहरीले बताएको छ ।
आगाे नियन्त्रणका लागि प्रहरी र स्थानीयहरू सक्रिय छन् । अहिले ८ वटा वारुणयन्त्र र डेढ दर्जन बढी पानी ट्यांकरका साथै हेलिकप्टरकाे सहायताले समेत आगो निभाउने प्रयास भइरहेको जनाइएको छ ।
आगलागीकाे कारण तथा क्षतिकाे विवरण समेत खुल्न सकेकाे छैन । बालाजु प्रहरीका अनुसार गएरातिदेखि औद्योगिक क्षेत्रको बिस्कुट उद्योगमा आगलागी भएको हो।
प्रहरीका अनुसार पानी ट्यांकर, दमकलसहित नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले पनि आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्।
रातिदेखि लागेको आगो बारुणयन्त्रले पनि निभाउन नसकेपछि अहिले हेलिकप्टरको प्रयोग गरिएको हो। आगलागीको कारण अझै खुल्न नसकेको प्रहरीले जनाएको छ।