आइतबार ०७ कार्तिक २०७८

यो देखासेकी हो या प्रतिस्पर्धा हो ? आकाशले किनेको २४ घण्टामै पूजाले पनि किनिन् उस्तै कार !
प्रकाशित मिति: शनिबार, साउन २३, २०७८ समय: १७:४८:४९
10
Shares
facebook sharing button 10messenger sharing buttontwitter sharing buttonwhatsapp sharing buttonprint sharing button\

पछिल्लो समय नेपाली कलाकारले गाडी किनेको बिषय चर्चामा छ ।गत महिना अभिनेता पुष्प खड्काले ७० लाखको गाडी खरिद गरेको विषय मिडियामा समाचार बने । त्यसअघि गायक प्रकाश सपूतले कार किनेको बिषयले पनि राम्रै चर्चा पायो ।

त्यस्तै हाल अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्माले गाडी खरिद गरेको विषय चर्चामा छ । बिहीवार आकाशले ७० लाख पर्ने हुन्डाईको क्रेटा गाडी भित्राए । आफ्नै कमाईले नयाँ गाडी किन्दा उनी खुसी नहुने कुरै भएन । गाडी किन्न जाँदा उनलाई हरघडी साथ दिँदै आएकी अभिनेत्री पूजा शर्मा भने देखिइनन् ।

स्रोतका अनुसार आकाशले गाडी किन्न लागेको कुरा पूजालाई थाहै थिएन । जब आकाशले गाडी किनेको फोटो पूजाले देखिन्, त्यसपछि उनले पनि तुरुन्तै म पनि के कम, भोली नै त्यही कम्पनीको गाडी किन्छु भन्दै उनले शुक्रवार आकाशले किनेकै कम्पनीको गाडी ७० लाख तिरेर खरिद गरिन् ।

आकाशले किनेको गाडी सेतो रंगको छ भने पूजाको गाडीको रंग चकलेटी छ । तर, दुवैले किनेको गाडी एउटै कम्पनी र एउटै मुल्यको हो ।आकाशले किनेको २४ घन्टाभित्रै पूजाले पनि त्यही कम्पनीको गाडी किन्नुले उनीहरुबीच पानी बाराबारको सम्बन्ध रहेको भन्ने चर्चालाई मलजल मिलेको छ ।गत वर्ष पूजा निकै कठिन अवस्थाबाट गुज्रनु परेको थियो ।

टेलिभिजन कार्यक्रम ‘रजटपट’ का प्रस्तोता प्रकाश सुवेदीले उनलाई लक्षित गरेर दिएको अभिव्यक्तिले उनी विक्षिप्त भएकी थिइन् । उनका अनुसार, ६ महिना उनले रोएरै विताइन् । त्यसबेला उनलाई साथ र हौसला दिने व्यक्ति आकाश थिए । तर, निषेधाज्ञामा ‘रजटपट’ टिमसँग मिलेर उनले राहत बाँडेपछि पूजा भित्रैदेखि टुटिन् ।

आफ्नो अपमान गरेको व्यक्तिसँग आकाशले हात मिलाएपछि पूजाले आफूहरुबीच व्यवसायिक सम्बन्ध मात्र स्थापित भएको रहेछ भन्दै एक अन्तर्वार्तामा दुखेसो पोखेकी थिइन् ।उनले अबका दिनमा आकाशसँग सहकार्य नहुने पनि बताएकी थिइन् । तर, त्यसको केही दिनमा यो जोडीले एकसाथ ‘धर्ती आकाश’ बोलको गीतमा अभिनय गर्‍यो । यसपछि फेरि उनीहरुबीच मिलन भएको चर्चा चल्यो ।

तर, यो गीतको छायांकन कोरोनाले गर्दा अधुरैमा रोकिएकाले उनीहरुले एकसाथ काम गरेका थिए । त्यसयता उनीहरुले म्यूजिक भिडियोबाट आएको अफर अस्वीकार गरेको स्रोत बताउँछ ।


Last Updated on: August 7th, 2021 at 7:42 pm
२८९ पटक हेरिएको

तपाईको प्रतिक्रिया