शुक्रबार १७ मंसिर २०७८

दुर्गेशको प्रश्न: अरूले ‘भोगटेले ठाउँमात्र ओगटे’ भन्न मिल्ने, मैले ‘ख्यास्स पुतली’ भन्न नमिल्ने ?
August 7, 2021 502
173
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
गायक तथा मोडल दुर्गेश थापा यतिबेला फेरि विवा`दमा छन् । नयाँ गीत ‘बीच्च बीच्चमा ४ – ख्यास्स पुतली’का कारण उनी विवा`दमा तानिएका हुन् । तीज पर्वका लागि भनेर उनले सार्वजनिक गरेको उक्त गीतले कला, संस्कृतिमाथि प्र`हार गरेको आरोप लगाइएको छ । गीतकै कारण लोक तथा दोहोरी गीत प्रतिष्ठानले उनलाई सार्वजनिक बाहिस्कारको निर्णयसमेत गरेको छ ।

दुर्गेश भने प्रतिष्ठानले गरेको निर्णय पक्ष`पाती भएको बताउँछन् । उनले आफूमाथि अन्याय भएको तर्क गर्दै प्रतिष्ठान एउटा संस्थामात्र भएकाले अदा`लतको जस्तो निर्णय गर्न नसक्ने बताए ।

रातोपाटी सँगको कुराकानीमा उनले भने :

नियम कानुन भयो भने मानिस हेरेर फरक व्यवहार गर्न त मिल्दैन नि । एउटा संस्थाले सबैलाई समान रुपले हेर्छ ।लोक तथा दोहोरी गीत प्रतिष्ठान एउटा घर हो, अदालत त होइन ।

प्रतिष्ठानले आफुलाई बोलाएर चित्त नबुझेका विषयमा पहिले मसँग ‘टेबुल टक’ गर्नुपर्‍यो । मेरो हकमा त्यो गरेको छैन । अर्काे कुरो, प्रतिष्ठानमा भएका मानिसले जे गर्दा पनि हुने ?

उदाहरणका रुपमा प्रतिष्ठानकै सुवास केसीले ‘भुत्रो माया जाल’ भनेर निकाल्दा केही हँुदैन । गायक बद्री पंगेनीले ‘पिएन क्याम्पस आउ बस मायालु गरौँ टाइमपास’ (के कलेज टाइपास गर्न जाने हो र ?’ पशुपति शर्माको ‘सरले यता बढाउने हामी यता जुधाउने भन्ने गीत के हो ?’

‘स्याउ ल्याइदिउ कि केरा’, ‘भोगटेले ठाउँमात्र ओगटे’ भन्ने गीत कुन प्रसङ्गमा के अर्थ लाग्ने गरेर प्रयोग भएका छन् ? यी त उदाहरण`मात्र हुन् । यस्ता कयौं गीत छन्, जसमा प्रतिष्ठान केही बोलेको छैन । खाली मेरो ‘ख्यास्स पुतली’ शब्दलाई नराम्रो देख्ने उहाँ`हरुको हेर्ने नजर खराब छ ।


Last Updated on: August 8th, 2021 at 12:40 am
३२० पटक हेरिएको

तपाईको प्रतिक्रिया