सोमबार ०१ कार्तिक २०७८

काठमाडौं— तराईको दलित परिवारका दाजु र बहिनीले एकै शैक्षिक सत्रमा चिकित्सा शास्त्र अध्ययन गर्नका लागि सरकारी पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका छन् ।

PROMOTED CONTENT
Mgid
Mgid

7 Little-Known Facts About Barron Trump
Limelight Media

Make Your Own Product For Your Scalp
Limelight Media

You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries

मेडिकल साइन्सअन्तर्गत एमबीबीएस अध्ययन गर्नका लागि आइओएमले लिएको प्रवेश परीक्षामा दाजुबहिनीले नै नाम निकालेका हुन् ।

महोत्तरीको महोत्तरी गाउँपालिका वडा नम्बर ६ गोरिगम्मा गाउँका जीतेन्द्र पासवानका छोरा र छोरीले नाम निकाल्न सफल भएका छन् । जीतेन्द्रका छोरा अभयकुमार र छोरी कृतिकाले पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका हुन् ।

दाइ अभयले दोस्रोपटकको प्रयत्नमा नाम निकालेको भएपनि बहिनी कृतिकाले त पहिलोपटको परीक्षामै नाम निकाल्न सफल भएकी छन्।

अभयले १४५ स्कोर ल्याएर मधेशी दलित कोटातर्फको आरक्षण समूहमा पहिलो स्थान ल्याउन सफल भएका छन् भने उनको बहिनी कृतिकाले १२२ स्कोर ल्याएर मधेशी दलित महिलातर्फ चौथो स्थान र समग्र दलित कोटातर्फ सातौँ स्थानमा नाम निकाल्न सफल भएकी छन् ।** थप अन्य समाचार हेर्न तल क्लिक गर्नुहोला **


Last Updated on: August 8th, 2021 at 12:43 am
३१९ पटक हेरिएको

तपाईको प्रतिक्रिया