सोमबार २० मंसिर २०७८

काठमाडौ

द भ्वाइस अफ नेपाल सिजन ३ को उपाधि विजेता घोषणा भएको छ । सिजन ३ को उपाधि किरण गजमेर ले हात पारेका छन् । शनिबार भएको फाइनलमा अन्य तीन प्रतिश्पर्धीलाई भोटका आधारमा पछि पार्दै गजमेरले उपाधि रक्षा गरेका हुन्। अमेरिकाबाट भ्वाइसके लागि भनेर नेपाल आएका किरण ‘भ्वाइस अफ नेपाल’कै लागि आठमहिनादेखि नेपालमा छन् । ‘भ्वाइस अफ नेपाल’मा सहभागी हुनुपूर्व उनले कर्णराज कार्कीसँग तालिम लिएका थिए।

तेस्रो संस्करणको फाइनलमा टिम प्रमोदबाट किरण गजमेर, टिम दिपबाट आर्यन तामाङ, टिम तृष्णाबाट ज्वाला राई र टिम राजुबाट तारा श्रीष मगरले फाइनलमा प्रतिश्पर्धा गरेका थिए । हिमालय टेलिभिजनबाट ग्राण्ड फिनालेको प्रत्यक्ष प्रशारण शुरु भएको थियो । गत साता भएको सेमिफाइनलबाट चार वटा टिमका एक–एक जना प्रतिभा ग्राण्ड फिनालेमा प्रवेश गरेका थिए ।

सिंगिङ रियालिटी सो द भ्वाइस अफ नेपालले आज तेस्रो विजेता पाएको हो । कोच दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा र तृष्णा गुरुङको टिमबाट एक–एक जना उत्कृष्ट प्रतिभा ग्रान्ड फिनालेमा पुगेका थिए । यो सिजनको सर्वोत्कृष्ट को होला भनेर संगीतप्रेमी दर्शकमाझ चासो, चर्चा र प्रतीक्षाको विषय बनेको थियो । टिम दीपबाट दार्जलिङका आर्यन तामाङ, टिम प्रमोदबाट किरण गजमेर, टिम राजुबाट तारा श्रीष मगर र टिम तृष्णाबाट ज्वाला राईबीच प्रतिस्पर्धा भएको थियो ।

महागुरु दीपको टिमबाट बुटवलका गोविन्द पुनलाई पछि पार्दै आर्यन अन्तिम चारमा पुगेका हुन् । भ्वाइसमा ‘कान्छा छोरा’ भनेर चिनिएका आर्यनले ‘जेठा छोरा’ गोविन्दलाई भोटिङमा पछि पारे ।

टिम प्रमोदबाट फाइनलम पुगेका किरण गजमेर अमेरिकामा बस्छन् । अमेरिकामा बस्दै आए पनि प्रतियोगिताका लागि नेपालमा आएका किरणले सिक्किमका रवि गहतराजलाई पछि पारेर उपाधिको अन्तिम होडमा पुगेका हुन् ।


Last Updated on: August 8th, 2021 at 12:48 am
४२९ पटक हेरिएको

तपाईको प्रतिक्रिया