शनिबार १८ मंसिर २०७८

काठमाडौं– नेपालमा थप २ हजार ५४८ जनामा भाइरसको संक्रमण पुष्टि भएको छ। गत २४ घण्टाको अवधिमा देशभर गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा आइतबार थप २ हजार ५४८ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा देशका विभिन्न प्रयोगशालामा गरी ९ हजा ३३ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो। पीसीआर परीक्षणबाट २ हजार १३७ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै, सोही अवधिमा देशका विभिन्न ठाउँमा गरी ३ हजार ३४५ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ। एन्टिजेन परीक्षणबाट ४११ जनामा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा देशका विभिन्न ठाउँमा ५५ जना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ९३ पुगेको छ।

यस्तै काठमाडौंमा शनिबार ५४ हजार ३४३ जनाले लगाए भेरोसेलकाे दोस्रो मात्रा खोप लगाएका छन्। काठमाडौं २२ गतेदेखि भेरोसेलको दोस्रो मात्रा लगाउन सुरु गरिएको छ। शुक्रबार ६८ हजार १३ जनाले खोप लगाएका थिए। शनिबार शुक्रबार गरी एक लाख २२ हजार ३५६ जनाले दोस्रो मात्रा खोप लगाएको काठमाडौं जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बद्री खड्काले बताए।

गत असार २९ गतेदेखि भेरोसेलको पहिलो मात्रा लगाएकालाई ५५ वर्षभन्दा माथि उमेर समूहका नागरिकलाई पहिलो मात्रा दिइएको थियो। काठमाडौंमा एक लाख ६५ हजार जनालाई खोपको दोस्रो मात्रा लगाउने लक्ष्य रहेको छ।

खोपका लागि ५५ वर्षमाथिका उमेर समूह, अत्यावश्यक सेवामा कार्यरत व्यक्ति तथा विदेश जाने नागरिकका लागि छुट्टाछुट्टै केन्द्रको व्यवस्था गरिएको छ।

किरणले पाएको २५ लाख मध्ये एक हजार आमालाई दिने र बाँकी नेपालमा एम्बुलेन्स किन्ने घोषणा
Enews Nepali
@Enewsnepali

किरणले पाएको २५ लाख मध्ये एक हजार आमालाई दिने र बाँकी नेपालमा एम्बुलेन्स किन्ने घोषणा
FacebookTwitterPrintEmailMore
काठमाडौं।किरण गजमेरले ‘द भ्वाइस अफ नेपाल सिजन-३’ को उपाधिसँगै नगद २५ लाख रुपैयाँ र द भ्वाइस अफ नेपालको ट्रफी हात पारेका छन् । किरणले आफुले प्राप्त गरेको २५ लाखबाट केवल १ हाजार रुपैयाँ अमेरिका लैजाने र आमालाई दिने बताएका छन् ।

बाँकी सबै २४ लाख ९९ हजार नेपालकै पूर्वमा एउटा र पस्चिममा एउटा गरि दुईवटा एम्बुलेम्स किनेर दिने घोषणा गरेका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

किरणले भने, मलाई यो रकमबाट दुईवटा एम्बुलेन्स किन्न प्रयाप्त हुँदैन, बाँकी अमेरिका र विश्वका विभिन्न देश र नेपालका शुभचिन्तक तथा केही सहयोगी संघ-संस्थाहरुले सहयोग रकम जम्मा गर्ने भन्नु भएको छ ।

एम्बुलेन्स किनेर बचेको बाँकी रकम नेपालमा कोरोनाको खोप लगाउन नपाउनु भएका बुआ-आमाहरुको सहयोगका लागी दिने पनि बताएका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****


Last Updated on: August 8th, 2021 at 7:33 pm
३२६ पटक हेरिएको

तपाईको प्रतिक्रिया