बुधबार २४ जेठ २०८०

कसरी पढ्दा सफल भईन्छ ? हेर्नुहोस उनिसंग गरिएको कुराकानी (भिडयो हेर्नुहोस )
Enews Nepali
@Enewsnepali

कसरी पढ्दा सफल भईन्छ ? हेर्नुहोस उनिसंग गरिएको कुराकानी (भिडयो हेर्नुहोस )
FacebookTwitterPrintEmailMore
काठमाडौँ :

११ हजार बढी विद्यार्थीले एमबीबीएसका लागि इन्ट्रान्समा दिएका थिए । जसमध्ये ४३ सय बढी मेधावी विद्यार्थीहरुले एमबीबीएस प्रवेश परीक्षा उत्तीर्ण गरे । मेधावी विद्यार्थीहरुमध्येमा सर्वोत्कृष्ट भए—धनुषा सबैला गेरूवाही-१० का आशिक झा ।

२ सय पूर्णांकमा १८६ अंक प्राप्त गरेर सर्वोत्कृष्ट भएका हुन्, उनी । बिहीबार साँझ अबेर एमबीबीएस इन्ट्रान्सको रिजल्ट हुँदा सर्वोत्कृष्ट भएको पहिलो खबर आशिकले दाजुबाट सुने । सबैभन्दा पहिले उनले आफूले टप गरेको कुरा जनकपुरमा रहेकी आमा रिंकुकुमारी मिश्रलाई सुनाए । आमाले भनिन्, ‘छोरा अघि बढ्दै गर । प्रगति गर । एकदमै खुसी छु ।’ त्यही कुरा बुवाले पनि उनलाई भने ।

त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयबाट विज्ञान विषय कक्षा ११ र १२ लिएर पढेका झाले २०७७ सालको ब्याचमा उत्कृष्ट अंक लिएर उत्तीर्ण गरेका थिए । त्यसलगत्तै एमबीबएीस अध्ययनका निम्ति लिइएको प्रवेश परीक्षामा पहिलो पटकमै उत्कृष्ट बनेका हुन् ।

साधारण कृषक परिवारमा जन्मिएका झाले जनकपुरको श्री माध्यमिक विद्यालयबाट ३ दशमलव ७ जीपीएसहित एसईई उत्तीर्ण गरेका थिए । ‘बुवा–आमा सामान्य कृषि पेसा गर्नु हुन्छ,’ उनले भने, ‘मेरो दाइ अम्बेश झा बीएएमएस पढ्दै हुनुहुन्छ । उहाँकै प्रेरणा र सहयोगले आज एमबीबीएस पढ्ने अवसरको ढोका खुलेको हो ।’

विश्व निकेतन माविका प्रधानाध्यापक हेरम्बराज कँडेलले झा अत्यन्तै सिर्जनशील र मेहनती विद्यार्थी हुन् । उक्त विद्यालयमा कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, मानविकी, कानुन र शिक्षाशास्त्रका गरी १ हजार ९ सय विद्यार्थी पढ्छन् । काठमाडौं महानगरपालिकामा रहेका उत्कृष्ट सामुदायिक विद्यालयमध्ये एक हो ।


Last Updated on: August 9th, 2021 at 2:37 am
६८३ पटक हेरिएको

तपाईको प्रतिक्रिया