आइतबार ०७ कार्तिक २०७८

म बाँच्न चाहान्छु : तपाइहरुको सानो सहयोगले बाँच्न सक्छु [ सेयर गरिदिनुहोस् ]
Enews Nepali
@Enewsnepali

म बाँच्न चाहान्छु : तपाइहरुको सानो सहयोगले बाँच्न सक्छु [ सेयर गरिदिनुहोस् ]
FacebookTwitterPrintEmailMore
उपचारका लागि सहयोगको लागि हार्दिक अपिल गरिएको छ ।

पोखरा–२५, हेमजा कृष्ण परियार ( घुराने दमाईका नामले परिचित ) कि छोरी लिला परियार विगत तीन बर्ष अघिदेखि क्यान्सर रोग कारण पुनर्जीवन र मृत्युसँग निरन्तर लडिरहनु भएको छ ।

म्याग्दीमा विवाह भए पनि हेमजामा सिलाई बुनाई गरि आफ्नो एक छोरा र श्रीमानसँग जीवनयापन चलाइरहनु भएको थियो । हाल पुनस् उहाँलाई उपचारको लागि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, चितवन लगिएको छ ।

तर परिवारको आर्थिक अवस्था एकदमै नाजुक भएको कारण उपचारमा समस्या उत्पन्न भइरहेको छ ।पैसाको अभावमा उपचार हुन नसकी अस्पतालको शैय्यामा मृ,त्युसँग लडिरहनु भएकी उहाँ अब सहयोगको आशामा हुनुहुन्छ ।

सामाजिक सञ्जाल फेसबुकमा कृष्ण खड्का भन्छन्, ‘हजुरहरुको सानो सानो सहयोगले उहाँलाई उपचारमा सहयोग पुग्ने र उहाँको एक मात्र छोरा टुहुरो र आमाको न्यानो मायाको काखबाट बन्चित नहोस् भन्ने हेतुले उहाँको दिदी गोमा परियारको बिशेष आग्रहमा आज मैले मेरो ब्यक्तिगत सामाजिक संजालबाट सहयोगको अपिल सहित जानकारी गराएको छु ।

हजुरहरुको गर्नुभएको सहयोग मैले प्रत्यक्ष बिरामीलाई भेटेर हस्तारण गर्ने वाचाका साथ सहयोग गर्नुहुन हार्दिक विनम्रता पुर्वक अनुरोध गर्दछु ।’ सके आफुले सहयोग गर्न र नसके पनि यसलाई सक्दो शेयर गरेर सहयोगी मनसम्म पुरयाउन हार्दिक अनुरोध छ । सहयोगका लागि कृष्ण बहादुर खड्काको माछापुच्छ्रे बैंक लिमिटेड बगर शाखाको खाता नम्बरः १८४०५२४०८२३०९०१९ रहेको छ ।

नजिक आसपासमा हुनुहुन्छ, बैक खाताबाट ट्रान्सफर गर्न मिल्छ, भने सानो सहयोग गरिदिनुहोस् । प्राविधिक रुपमा सकिदैन भने सहयोगीसम्म पुर्याउन सेयर गरिदिनुहोस् ।


Last Updated on: August 9th, 2021 at 11:30 am
२६७ पटक हेरिएको

तपाईको प्रतिक्रिया