शुक्रबार १७ मंसिर २०७८

काठमाडौं – सोमबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ। आइतबार तोलामा १५ सय रुपैयाले घटेको सुनको मूल्य आज तोलामा १ हजार रुपैयाले घटेको हो ।

आइतबार प्रतितोला ९० हजार रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज पनि घटेर तोलाको ८९ हजार रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ८८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।त्यस्तै आज चाँदीको मूल्य घटेको छ । आज चाँदीको मूल्य तोलामा २५ रुपैयाले घटेर तोलाको १ हजार २ सय १५रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अझै मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । विभिन्न कारण मध्ये मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुनुलाई एमालेको माधवकुमार नेपाल समूहलाई पर्खनु पनि एक रहेको चर्चा राजनीतिक वृत्तमा छ । किन त नेपाल समूहले महिना दिनसम्म ठोस निर्णय गर्न सकेन र सत्तारुढ गठबन्धनलाई अल्मल्यायो ?

लामो राजनीतिक र संवैधानिक संघर्षपछि गठबन्धनका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेको नेपाल समूहका नेता माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई मुलुकको कार्यकारी पद प्रधानमन्त्रीमा बसाल्न सफल भए । आफ्नै प्रयास र संघर्षपछि गठन भएको सरकारलाई नेपाल समूहले किन रिँगाइरह्यो त ? यो अहिले राजनीतिक वृत्तमा उठेको टड्कारो प्रश्न हो ।

यसको जवाफ न त प्रधानमन्त्री देउवाले खोजेका छन् न त सत्तारुढ गठबन्धनका नेता प्रचण्डले नै । मन्त्रिपरिषद्ले पूर्णता नपाएको विषयले प्रधानमन्त्री देउवा र प्रचण्डमात्रै होइन नेता नेपाल पनि आलोचित छन् । तर, पनि सरकारलाई पूर्णता दिने विषयमा उनीहरुले तदारुकता देखाउन सकेका छैनन् । कतै एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको साँठगाँठमा नेता नेपालले देउवा र प्रचण्डलाई असफल बनाउने रणनीति त लिएका होइनन् ?

सुरुमा जनता समाजवादीको आधिकारिकता विवादलाई देखाएर मन्त्रिपरिषद्लाई पूर्णता दिइएन । जसपाको आधिकारिकता विवाद निर्वाचन आयोगले टुंग्याएको पनि सोमबार १५ दिन भइसकेको छ । तर, नेपाल समूहलाई पर्खने बाहनामा देउवा सरकारलाई नै असफल बनाएर आउँदो निर्वाचनमा एमालेले आफ्नो साख उच्च बनाउन नेता नेपाल प्रयोग भएका त होइनन् ? अहिले कांग्रेसभित्र गाइँगुइँ आशंका चल्न थालेको छ ।

गत असार २९ गते प्रधानमन्त्री बनेका देउवालाई मन्त्रिपरिषद् विस्तार गर्न रोकेर नेता नेपालले के दाउ छोपिरहेका छन् ? केही कांग्रेस नेताहरुले आफैँआफैँमा प्रश्न गर्न थालेका छन् ।

माधवकुमार नेपालका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको प्राध्यापक डा. विष्णु दाहाल बताउँछन् । नेपाल समूहलाई सरकारमा लैजान मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको उनको बुझाइ छ । तर, नेता नेपाल स्वयं सरकारमा जाने वा नजाने विषयमा अहिलेसम्म बोलेका छैनन् । नेपाल समूहका अरु नेताहरु सरकारमा जानुपर्ने र नपर्ने दुवैथरी अभिव्यक्ति दिइरहँदा नेता नेपाल भने मौनता साँधेर बसेका छन् ।

जब जब सरकार र गठबन्धनले गति लिन खोज्छ, तब तब एमालेको एकता प्रयास घनिभूत हुने गरेको नेताहरुले बताउन थालेका छन् । सरकारमा जाने हो भने तत्काल निर्णय गरेर जानु पर्ने, नजाने हो भने नजाने औपचारिक धारण दिनुपर्ने माधवकुमार नेपालले त्यसो नगरी सरकारलाई अल्मल्याएर राखेका छन् ।

पार्टी एकताको प्रयास भइरहेकाले अहिले निर्णय नगरिहाल्ने बताएर मुलुक सञ्चालनमा व्यवधान खडा गरेर नेता नेपाल कतै ओलीसँगको मिलोमतोमा त कदम चालिरहेका छैनन् ? यस्ता प्रश्न राजनीतिक वृत्तमा उठ्न थालेको छ ।

ओली र माधवकुमार मिलेर प्रधानमन्त्री देउवा र प्रचण्डलाई झुलाएर एमालेको राजनीतिक स्वार्थ पूर्ति गर्ने काम त भइरहेको होइन भन्ने आशंकालाई न त नेता नेपालले नै खण्डन गर्न सकेका छन्, न त गठबन्धनमै यसबारे कुरा उठेको छ । जे होस् मन्त्रिपरिषद् विस्तारमा गठबन्धनभित्रैकै समस्या र नेपाल समूहलाई पर्खने बाहनाले व्यवधान भइरहेको छ ।


Last Updated on: August 9th, 2021 at 4:47 pm
२७९ पटक हेरिएको

तपाईको प्रतिक्रिया