मंगलबार १६ आश्विन २०८०

कोरोना संक्रमणबाट २ जना प्रधानाध्यापकको एकैदिन मृ’त्यु
May 8, 2021 27
25
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
काठमाडौं । कोरोना संक्रमणका कारण कपिलवस्तुमा एकैदिन २ जना प्रधानाध्यापकको निधन भएको छ। जिल्लाको शिवराज नगरपालिकामा अवस्थित फपुरी इंग्लिस बोडिङ स्कुलकी प्रिन्सीपल फराह चौहान र गोल्डेन पार्क चिल्ड्रेन्ज एकेडमीका प्रिन्सीपल गोपाल पाठकको ज्यान गएको जिल्ला स्वास्थ्य कार्यलय कपिलवस्तुले जनाएको छ।

उनीहरु दुवैको शिवराज नगरपालिकाले तयार पारेको आइसोलेसनमा नि’धन भएको हो। शिवराज नगरपालिका ५ निवासी ३६ वर्षिय पाठकको आज बिहान ९ बजे नि’धन भएकोमा फ’पुरीकी प्रिन्सीपल फराह चौहानको पनि आजै बिहान १० बजे शिवराजकै आइसोलेसनमा मृ’त्यु भएको बताइएको छ।

स्व.गोपाल पाठक कपिलवस्तु नीजि तथा आवासिय विद्यालय अर्गनाइजेसन (प्या’ब्सन) का सचिब समेत थिए। यसैबीच जिल्ला सचिव र एक जना प्रिन्सिपलको कोरोनाका कारण ज्यान गएपछि प्या’बसन जिल्लाक’मिटि स्त’ब्ध भएको जनाएको छ।


Last Updated on: May 8th, 2021 at 7:51 pm
४२१ पटक हेरिएको

तपाईको प्रतिक्रिया