बिहिबार २३ मंसिर २०७८

सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्त गरेको छ ।उर्जा मन्त्री पम्फा भुसालले कुलमानलाई प्राधिकरणको निर्देशक बनाउन सोमबारको मन्त्रिपरिषद बैठकमा प्रस्ताव लगेकी थिइन् । बेलुका ४ बजे बसेको मन्त्रिपरिषदको बैठक सकिएपछि विद्युत प्राधिकरणमा कुलमान घिसिङको दोस्रो पटक नियुक्ती गरिएको हो ।

‘मन्त्रिपरिषद बैठकमा कुलमान नियुक्तिको प्रस्ताव आएको थियो । त्यसमा छलफल हुँदा केही प्रक्रिया पुरा गर्नुपर्ने भएकोले कुलमानको पुनः नियुक्तिमा केहि ढिलाई भएको हो । बैठक सकिएपछि भएको थप छलफलबाट घिसिङलाई पुनः नियुक्ति गर्ने विषय टुङ्गो लागेको छ ।’ मन्त्रिपरिषद स्रोतले भन्यो ।

केपी ओली नेतत्वको सरकारले २७ माघ २०७७ मा शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । तर १९ साउनमा प्रधानमन्त्री शेरबहादुर देउवाकै उपस्थितिमा मन्त्री भुसालले शाक्यलाई अन्य विकल्प रोज्न आग्रह गरेकी थिइन् ।

एमसीसी पास गर्न हस्ताक्षर गर्ने संसदहरुको हात काटेर ल्याए प्रत्येक हातलाई ५/५ लाख दिने घोषणा 

एमसीसी पास गर्न हस्ताक्षर गर्ने संसदहरुको हात काटेर ल्याए प्रत्येक हातलाई ५/५ लाख दिने घोषणा

काठमाडौं, २६ साउन । एमसीसी पास गर्न हस्ताक्षर गर्ने संसदहरुको हात काटेर ल्याए प्रत्येक हातलाई ५/५ लाख दिने सचेत नेपाली पार्टीको अध्यक्ष पुन्य प्रसाईले घोषणा गरेका छन ।

देउवा प्रधानमन्त्री बने लगत्तै एमसीसी विषय सदनमा छलफल नहुदै बिरोधसंगै सडकमा तात्तिएको छ । त्यसै क्रममा आज साझा माईतिघर मण्डेलामा सचेत नेपाली पार्टीले एमसीसीलाई खारेज गर्नुपर्ने माग गरेको बिरोध कार्यक्रममा पार्टीका अध्यक्ष पुन्य प्रसाईले सो घोषणा गरेका हुन । उनिहरुले एमसीसी मुर्दावाद र इण्डियन दलाल होसियार को नारा लगाउदै बिरोध प्रर्दशन गरेका थिए ।

अरुको दास भएर बाँच्नु भन्दा छातिमा गोली थापेर मर्नु राम्रो, ३ करोड नेपालीहरु रगत बगाउन तयार भएको तर एमसीसी कुनै हालतमा पास गर्न नदिने उद्घोष समेत गरेका छन । हामीले बिरताको इतिहास रचेर यो देश बनाएको आफ्नै देशको सेनालाई विश्वकै शक्तिशाली बनाउन लागेकोले नेपालमा अमेरिकन सेना आएको देख्न नचाहेको बताए ।

त्यस बेला नेताहरुले नेपाली जनतालाई भ्रममा पारेर महाकाली जस्तो राष्ट्रघाति सम्झौता गर्दा अहिलेका प्रधानमन्त्री शेर बहादुर देउवा नै त्यस बेला पनि प्रधानमन्त्री भएको र माधब नेपाल प्रतिपक्ष दलको नेता भए पनि एक आपसमा मिलेर महाकाली नदि बेचेको र अहिले देश ठुलो अफ्ठेरोमा परेको बताए ।

ओलीलाई बालुवाटारबाट बालकोट पुर्याउने पाँच गठबन्धन देश बेचुवाहरुको गठबन्धन भएको आरोप लगाए । पाँच सत्ता पक्ष गठबन्धनले महाकाली सन्धि जस्तै एमसीसी लगायत अन्य थुप्रै सन्धिहरु इण्डियासंग गर्नसक्ने भएकाले सबै जनताहरु सावधन रहनु पर्ने बताए ।


Last Updated on: August 10th, 2021 at 11:10 am
४३७ पटक हेरिएको

तपाईको प्रतिक्रिया