बुधबार २२ मंसिर २०७८

काठमाडौ । एसईईको नतिजा चित्त बुझ्दो नआएपछि विद्यालयका प्रधानअध्यापकको घर घेराउ गर्न विद्यार्थी पुगेका छन् । प्रदेश नम्बर २ को धनुषाजिल्लास्थित एक सामुदायिक विद्यालयका विद्यार्थीहरुले प्रधानअध्यापकको घर घेराउ गरेका छन् । उनले ग्रेड बढाइदिने प्रलोभन दिएर विद्यार्थीवाट ६ हजार रुपैया लिएको विद्यार्थीको आरोप छ ।

पैसा लिएर पनि ग्रेड नबढाएको भन्दै विद्यार्थीले घर घेराउ गरेका हुन् । धनुषा जिल्लाको विदेह नगरपालिका वडा नम्बर १ ठाढीस्थित रहेको मावि ठाढीका हेडमास्टर र शिक्षकको टीमले एसईई दिने विद्यार्थीहरुसँग आन्तरिक मूल्याँकनमा अधिक नम्बर दिने भनेर प्रति विद्यार्थी पैसा उठाएको उनीहरुको आरोप छ ।

तर शनिबार दिउँसो एसईईको रिजल्ट प्रकाशित भएपछि कम ग्रेड आएको भन्दै विद्यार्थी शिक्षककै घर घेराउ गर्न पुगेका हुन् । आईतबार साँझ विद्यालयका हेडमास्टर उमेश पाण्डेको घर घेराउ गरेका छन् ।


Last Updated on: August 10th, 2021 at 7:21 pm
१४५ पटक हेरिएको

तपाईको प्रतिक्रिया