शनिबार १८ मंसिर २०७८

आमा बन्दै दुई नायिका : ऋचालाई ताली प्रियंकालाई गा,ली
प्रकाशित मिति: बुधबार, साउन २७, २०७८ समय: १०:१५:१८
3
Shares
facebook sharing button 3messenger sharing buttontwitter sharing buttonwhatsapp sharing buttonprint sharing button

अभिनेत्रीद्वय प्रियंका कार्की र ऋचा शर्मा आमा बन्ने तयारीमा छन् ।

प्रियंकाले सामाजिक सञ्जालमा आफू गर्भवती भएको जानकारी दिएको साता दिन नपुग्दै ऋचाले पनि आफू आमा बन्न लागेको खबर सार्वजनिक गरेकी थिइन् ।

 

फरक के थियो भने प्रियंकाले आफ्नो ठुलो पेट देखाउँदै उक्त पेटमा अभिनेता पति आयुष्मान् देशराज जोशीले चुम्बन गरेको तस्बिर पोस्ट गरिन् ।

यो पढ्न छुटाउनु भयो कि
. नयाँ जीवनलाई स्वागत गर्न तयार आयुष्मान, प्रियंकाले भनिन ‘आच्ची, पिटाइ नपुग्या’
. प्रियंकाको प्रशंशा गर्दै रबिनाले भनिन्, ‘उनको जिन्दगीमा दख्खल दिने तपाईँ को हो ?’
. प्रियंकाको प्रशंसा गर्दै बाबुरामले भने : रुढीबादी सत्ताको जालो च्यात्ने साहस

तर ऋचाले भने आमालाई सम्झँदै एक बिरुवामा पति दीपेक्ष विक्रम राणासँग मिलेर पानी हाल्दै गरेको तस्बिर पोस्ट गरिन् । यी दुवै अभिनेत्रीहरू आमा बन्ने अन्तिम समय नजिक आइसकेको छ ।

 

अभिनेत्री प्रियंका केही समय अघि ‘बेबी सावर’ नै गरिन् । विवाह अघि आफ्ना साथीहरूसँग थाइल्यान्डमा ब्याचलर पार्टी गर्दा उनलाई खुकुरी रमले प्रायोजन गरेको थियो । उनले सामाजिक सञ्जालमा ‘बेबी सावर’को तस्बिर राख्दा सकारात्मक र नकारात्मक दुवै प्रतिक्रिया आए ।

उनको तस्बिरमा सुशील नेपालले ‘बेबी सावरमा पनि खुकुरी रमको प्रायोजन हो ?’ भनेर सोधे । त्यस्तै नारायण ओझाले आफ्नो संस्कृति बिर्सन लागेकोमा चिन्ता व्यक्त गरे । सामर्थ ढुङ्गानाले ‘बेबी भएपछि टिकटकमा छ नि को हो भन्ने भिडियो चाहिँ नबनाउनु है’ भन्दै सुझाव दिए ।

अर्का प्रयोगकर्ता मिलन बानियाँले ‘हैन ए पिंकु दिदी, डायनासोर जन्माउने शुभ साइत कहिले हो ?’ भनी सोधेका छन् । त्यस्तै नीरज बाबु भट्टराईले ‘धेरै फोटो हालेर, हेरेर होला दिज्यू गर्भवती भइसकेको पनि दशक बिते जस्तो लागिराछ’ भनी लेखेका छन् ।

ऋचाले जुलाई ४ मा फेसबुकमा कमेडी च्याम्पियनमा आफ्नो उपस्थितिको तस्बिर राखेकी छन् । जसमा उनलाई प्रायः सुखद प्रतिक्रिया आएका छन् ।

सुन्दर सुवेदीले ‘कमेडी सिजन २ को उपाधि अब नयाँ संसार देख्न आउँदै गरेको विशेष नानीले पाउनु पर्छ । च्याम्पियन नसकिँदासम्म लाइभ मै बसेर बोल्न नसके पनि हेरेर साथ र सुनेर साथ दिनेको महत्त्वपूर्ण भूमिका रहन्छ भनी लेखेका छन् ।

 

अर्का प्रयोगकर्ता दिनेश गिरीले बच्चाले पेट भित्रै कमेडी सिक्न सक्ने भनी ठट्टा गरेका छन् । त्यस्तै दल सिंह मगरले ‘लकडाउनले भुँडी ठुलो भएको’ लेखेका छन् ।

ऋचाले अहिलेसम्म ‘बेबी सावर’को तस्बिर राखेकी छैनन् । बरु उनले सासू आमासँग खानेकुरा पकाउँदै गरेको तस्बिर राखेकी छन् ।

ऋचाको युट्युव च्यानलमा भने कसैले नराम्रो प्रतिक्रिया दिएका छैनन् । सासु र बुहारीको ब्रोन्डिङ् मिलेको र मा को लागि मात्र भिडियो हेर्न आएको प्रतिक्रिया दिएका छन् । तर प्रियंकाले पोष्ट गरेका धेरैजसो तस्विरमा सकरात्मक भन्दा पनि नकरात्मक प्रतिक्रिया बढी छन् ।

 


Last Updated on: August 11th, 2021 at 12:00 pm
३१३ पटक हेरिएको

तपाईको प्रतिक्रिया