शुक्रबार १७ मंसिर २०७८

काठमाडौ । ओखलढुंगामा मध्यरातमा दुई छिमेकीको विवाद भएको छ । विवादका क्रममा एक जनाको निधन भएको छ भने अर्का एक घाइते छन् । सिद्धिचरण नगरपालिका ५ चित्रेमा दुई जनाबीच आपसी विवादका क्रममा एक जनाको निधन भएको हो । निधन हुनेमा स्थानिय ४२ वर्षका पासाङ तेन्जी शेर्पा रहेका छन् ।

सामान्य निहुँमा पासाङ र सोही स्थान बर्णालुका ६३ वर्षीय आङगुबु शेर्पाबीच विवाद भई हात हाला हाल भएको हो । राति १ बजे भएको हात हालाहालमा दुवै जना गम्भीर घाइते भई सामुदायिक मिसन अस्पताल ओखलढुंगामा उपचारका लागि लगिएको थियो ।

उपचारकै क्रममा तेन्जीको मृत्यु भएको थियो भने आङगुबु शेर्पाको सोही अस्पतालमानै उपचार भइरहेको प्रहरीले जनाएको छ। त्यसैगरी घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


Last Updated on: August 11th, 2021 at 4:54 pm
८१ पटक हेरिएको

तपाईको प्रतिक्रिया