
कोरोनासंक्रमणबाट डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकाका मेयर ओमबहादुर बुढाको निधन भएको छ। बुढालाई कोरोना पुष्टि भएपछि काठमाडौंको सुमेरु अस्पतालमा भर्ना गरिएको थियो।
उपचारकै क्रममा मेयर बुढाको निधन भएको कर्णाली प्रेदशका मन्त्री नन्दसिंह बुढाले जानकारी दिए। उनी जिल्लाका विकासप्रेमी र इमानदार राजनीतिज्ञका रुपमा परिचित थिए।
मेयर बुढाकी पत्नी बद्मी क्वारी बोहोरा नेकपा एमालेबाट कर्णाली प्रदेश सभा सदस्य छिन्। बुढा एमालेबाट मेयरमा निर्वाचित भएका थिए।
यो पनि- कोरोनाले लियो वडाअध्यक्षको ज्यान !
बाजुरा – बडिमालिका नगरपालिका–९ का वडअध्यक्ष विनोदकुमार विकको कोभिड संक्रमणबाट मृत्यु भएको छ ।
शनिबार जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि डडेल्धुरा रिफर गरिएका वडाध्यक्ष विकको बाटोमै मृत्यु भएको हो ।
एक हप्तादेखि बिरामी भएका अध्यक्ष विकमा शनिबार बिहान कोभिड पोजेटिभ देखिएको थियो । विकको अछामको साफेँबगरमा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
प्रकाशित मिति : May 8, 2021