बुधबार २२ मंसिर २०७८

सुनसरीको इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले स्थानीयलाई कार्यालयमा थुनेका छन् । बुधबार प्रमुख चौधरीले वडा नम्बर ४ का स्थानीय यामप्रसाद ढकाललाई उपमहानगरका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा थुनेका हुन् ।

उनलाई बिहान नगरप्रहरीमार्फत् मेयर चौधरीले उपमहानगर कार्यालयमा आउन भनेका थिए । कारणवश विराटनगर पुगेका ढकाल इटहरी आएपछि उपमहानगरका नगर प्रहरीले उनलाई मेयरले निर्देशन दिएको भन्दै कार्यालयमा ल्याएका थिए ।

कार्यालय आउनुपूर्व आफूलाई मेयरले किन बोलाए भन्नेबारे अनभिज्ञ रहेको ढकालले बताए । उपमहानगरपालिकामा आएपछि मेयर चौधरीले एक साताभित्र घर भत्काउँछु भनेर हस्ताक्षर गर, नभए थुन्छु भनेको ढकालले बताए ।

मेयर चौधरीले सार्वजनिक जग्गा मिचेर घर बनाएको भन्दै नगर प्रहरी लगाएर कार्यालय ढकाललाई बोलाएका थिए । कार्यलयमा पुगेपछि घर भत्काउनुप¥यो भन्दै धम्की दिएका मेयर चौधरीले थुनेर भागेको ढकालको आरोप छ । आफू घर भत्काउन नसक्ने प्रतिक्रिया दिएपछि बाहिरबाट चुकुल लगाएर मेयर गाडी चडेर हिँडेको उनको भनाइ छ ।

‘म विराटनगरमा थिएँ । मेयर साबको दुई पटक फोन आयो’, उनले भने, ‘यहाँ (इटहरी) आएपछि म उपमहानगरपालिका आएँ । मेयरले मलाई सात दिनभित्र घर भत्काउँछु भनेर कागज सही गरेर जानु भन्नुभयो ।’ उनले अगाडि थपे, ‘सही किन गर्ने मैले ? किन भत्काउने घर ? भने’, तपाइँ जहाँ पाए त्यहीँ घर बनाउने अनि घर नभत्काउने, सही नगर्ने भए कोठामा लगेर थुनिदेउ भनेर नगर प्रहरीलाई भन्नुभयो ।’

मेयर चौधरीले ढकाललाई झण्डै साढे दुई घण्टा थुनेका थिए । ३ बजे उपमहानगर पुगेका उनलाई मेयरले थुनेका थिए । मेयरले बिनाकारण कसैलाई थुनेकोबारे थाहा पाएर नेपाली कांग्रेसका इटहरी नगर सभापति हेमकर्ण पौडेलसहितको टोली त्यहाँ पुगेको थियो ।https://ktmdainik.com/2021/08/90895/मा खबर छ


Last Updated on: August 12th, 2021 at 12:48 am
१२१ पटक हेरिएको

तपाईको प्रतिक्रिया