शुक्रबार १७ मंसिर २०७८

लाइसेन्स निकाल्ने तयारीमा हुनेहरुको लागि आयो सोच्दै नसोचेको खुसीको खबर।
By admin -August 12, 20210142

लाइसेन्स निकाल्ने तयारीमा हुनुहुन्छ भने आयो सोच्दै नसोचेको खुसीको खबर।

एजेन्सी । यातायात व्यवस्था विभागले मोटरसाइकल तथा स्कुटरको लाइसेन्सको लिखित परीक्षाका लागि प्रश्नहरु सार्वजनिक गरेको छ ।एउटा प्रश्नको पाँच अङ्क दिइने र उत्तीर्ण हुनका लागि ८० अङ्क अर्थात कम्तीमा १६ वटा प्रश्नको सही जवाफ दिनुपर्ने विभागले जनाएको छ ।

समाचार जनादेशखबरमा प्रकाशित छ ।नयाँ व्यवस्थाले एउटा सानो गल्तीका कारण फेल हुने अवस्थाको अन्त्य गरेको छ । घुमाउरो आठमा एक पटकसम्म रेखा छोएमा वा एक पटकसम्म भुइँमा खुट्टा टेकेमा १० अङ्क घट्ने विभागले जनाएको छ ।

यस्तै नयाँ व्यवस्था अनुसार ट्रायल दिँदा परीक्षार्थीले आफ्नै सवारी साधन प्रयोग गर्न पाउनेछ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

कुलमानलाई विद्युत प्राधिकरणमा नियुक्त गर्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई नियुक्त गर्न ऊर्जामन्त्री पम्फा भुसाललाई ठाडो निर्देशन दिएका छन् ।

आवश्यक प्रक्रिया पुरा गरेर घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न भुसाललाई निर्देशन दिएको देउवाको सचिवालयले जनाएको छ ।

झण्डै एक वर्षअघि कार्यकाल पुरा भएपछि तत्कालीन केपी ओली सरकारले हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी बनाएर लगेको थियो । उनको काम सन्तोषजनक नभएको ठहर सहित देउवा सरकारले उनलाई हटाउने तयारी थालेको हो ।

दैनिक १४ घण्टे लोडसेडिङ अन्त्य गरेर जनतामाझ लोकप्रिय बनेका कुलमानले चार वर्षे अवधिमा लोडसेडिङ अन्त्य गर्नुका साथै प्राधिकरणको साख उचो पारेका थिए । त्यतिबेलै उनको पुनर्नियुक्ति हुनुपर्ने आवाज उठ्दै आएपनि ओली सरकारले नियुक्ति दिएको थिएन ।

तत्कालिन ऊर्जामन्त्री जनार्दन शर्माको सिफारिसमा २०७३ भदौ २९ गतेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरणको प्रवन्ध निर्देशकको रुपमा घिसिङको प्रवेश भएको थियो।

ओली सरकारको बहिगर्मनपछि प्राधिकरणमा फेरि कुलमान आउने चर्चा चलिरहेको बेला मंगलबार देउवाले ठाडो निर्देशन नै दिएका हुन् ।


Last Updated on: August 13th, 2021 at 12:07 am
८०३ पटक हेरिएको

तपाईको प्रतिक्रिया