सोमबार २० मंसिर २०७८

पछिल्लो समय नायक पल शाह र मोडल तथा गायक दुर्गेश थापाको मित्रता बलियो बनेको छ । विगत एक बर्षदेखि यी दुइ नजिक छन् । दुर्गेशले गतबर्षको तिहारमा पलकी बहिनीसँग भाइटिका लगाए ।

पल र दुर्गेशको मित्रताको चर्चा सांगीतिक बजारमा खुबै हुने गर्दछ । कतिपयले त दुर्गेश जस्तो विवादित मानिससँग पल किन नजिक भएका होलान् भनेर पनि टिप्पणी गर्छन् ।

PROMOTED CONTENTAdskeeper

Your Wife Will Surely Appreciate This Tip Tonight! Try It Out
More…
299
75
100

Husband Divorces Wife After Looking At This Photo
More…
729
182
243

It Must Have Been A Kind Of Hell For A Little Chrissy Metz
More…
377
94
126


दुर्गेश सांगीतिक क्षेत्रमा सर्वाधिक विवादमा आउने कलाकार हुन् । उनले, सार्वजनिक गर्ने हरेक गीतदेखि उनका विभिन्न क्रियाकलाप सधै विवादमा आउँछन् । दुर्गेश आफै पनि आफू बारम्बार चिप्लिने गरेको स्विकार गर्छन् । उनी भन्छन्–‘अब त राम्रो गर्छु भन्यो, केही न केही कुराले म चिप्लिहाल्छु । मलाई चर्चाको कुनै पनि लोभ छैन । चर्चामा आउनकै लागि मैले फन्डा पनि मच्चाएको होइन ।

दुर्गेश पलको संगतमा आएपछि धेरै सुध्रिएका छन् । पलसँग सल्लाह नगरी उनले कुनै पनि काम गर्दैनन् । पलले दुर्गेशलाई उनका गीतबाट विवादित शब्द थुप्रै पटक हटाउन पनि लगाएका छन् । पल भन्छन्–‘नेपाली संगीतमा पनि सेन्सर बोर्डको आवश्यकता औल्याइएको पनि छ । अहिले दुर्गेशको सेन्सर मै भएको छु ।’

दुर्गेश पलको संगतले आफू सुध्रिएको बताउँदै गर्दा पलले आफूबाट भने सिक्न लायक कुरा केही पनि नभएको बताउँछन् । जे होस् पछिल्लो समय दुर्गेश चिप्लिने र पलले सुधार्ने भइरहेको छ ।


Last Updated on: August 13th, 2021 at 12:57 am
१५७ पटक हेरिएको

तपाईको प्रतिक्रिया