
काठमाडौं- आमाको दूध खाइरहेकी एक बालिकाको आमाशो मृ’त शरीरले थिचिँदा निसास्सि’एर मृत्यु भएको छ । ती आमाले आफ्नी सानी छोरीलाई आफ्नो दूध खुवाउँदै थिइन् । यही क्रममा अचानक आमाको मृत्यु भयो ।
आमाको मृत्यु भएपछि आमाको निर्जीव शरीर ल’ड्दा नवजात बालिका आमाको शरीरले थिचिइन् र उनको नि’सास्सिएर मृत्यु भयो । डेलीमेलका अनुसार यो दुखद घटना अर्जेन्टिनामा भएको हो ।घरमा यो दुखद घटना भएका बेला ती महिलाका श्रीमान बाहिर थिए ।
महिला ती नवजात छोरी र आफ्ना ३ वर्षका छोराको साथमा घरमा थिइन् । महिलाका श्रीमानले घरमा आफ्नी पत्नीलाई पटक पटक फोन गरेका थिए । लामो समयसम्म फोन गरेपछि अन्ततः फोन उनीहरुका तीन वर्षका छोराले उठाए र पितालाई आमा सुतिरहेको जवाफ दिएका थिए ।
घटना उत्तरी अर्जेन्टिनाको कोरिएन्तेस सहरमा भएको हो । घटनाका बेला ३० वर्षीया महिला मारियाना ओजेदा आफ्ना २ सन्तानसँग घरमा थिइन् । उनीहरुकी जेठी छोरी हजुरआमाको घरमा गएकी थिइन् । महिलाका श्रीमान काममा गएका थिए ।
सबैभन्दा पहिले आजेडालाई उनीहरुकी जेठी छोरीले फोन गरेकी थिइन् तर फोन नउठेपछि परिवारका सदस्यले उनलाई पटक पटक फोन गरेका थिए तर कुनै जवाफ आएन ।ग्याब्रिएलले पटक पटक आफ्नी पत्नीलाई फोन गरिरहेका थिए र संयोगले उनका ३ वर्षका छोराले फोन उठाए ।
ती बालकले आफ्ना पितालाई भने ‘आमा अझै सुतिरहनुभएको छ ।’ अर्जेन्टिनाको समाचार साइट टेलिसिंकोका अनुसार ग्याब्रियललाई घरमा केही गडबडी भएको शंका लागेपछि उनी तत्काल घर गएका थिए तर घरमा उनकी पत्नी र २ महिनाकी छोरी मृ’त अ’वस्थामा थिए ।आमाछोरीको मृत्युको विषयमा अनुसन्धानका लागि अटोप्सी जाँच गरिँदैछ ।
प्रारम्भिक जाँचमा महिलामाथि कुनै किसिमको हिं’सा भएको संकेत देखिएको छैन । महिला पहिलेदेखि नै गम्भीर हा’इपर’टेन्सनबाट पीडित थिइन् । उनलाई अचानक स्ट्रोक भएर उनको मृत्यु भएको अनुमान गरिएको छ ।
प्रकाशित मिति : May 8, 2021