बिहिबार २३ मंसिर २०७८

काठमाडौं महानगरपालिका १६ पक्नाजोल बस्ने हसिम अख्तरको घरमा तास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका २६ बस्ने बाग्लुङ वुर्तिवाङ गाउँपालिका ६ घर भएका ३३ वर्षीया महिला नरमाया बुढामगर लगायत ८ जनालाई बुधबार साँझ प्रहरीले पक्रा,उ गरेको छ ।

PROMOTED CONTENT
Mgid
Mgid

7 Little-Known Facts About Barron Trump
Limelight Media

Prince Harry And Meghan Markle Having Marriage Problems
Limelight Media

Such A Sweet Life Story Of The Youngest Queen In The World
Brainberries

एक जोडीले लिएका थिए होटलमा कोठा, लामो समयसम्म बाहिर निस्किएनन्, कोठामा जाँ…
जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ६९ हजार ८ सय ६० रुपैयाँ र १० गड्डी तास सहित रङ्गेहात प,क्राउ गरेको हो ।

त्यस्तै, कास्कीको पोखरा महानगरपालिका १० उत्तमचोक डेरा गरी बस्ने ३५ वर्षीया सरु गुरुङको कोठामा तास खेलिरहेको अवस्थामा सरु लगायत १३ जनालाई बुधबार दिउँसो प्रहरीले प,क्राउ गरेको छ ।

जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३ लाख ५१ हजार ५ सय ४० रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


Last Updated on: August 13th, 2021 at 1:08 am
१७० पटक हेरिएको

तपाईको प्रतिक्रिया