शनिबार १८ मंसिर २०७८

सुनको मूल्य घट्यो, आजको मूल्य श्रावण महिनाकै सस्तो

सुनको मूल्य घट्यो, आजको मूल्य श्रावण महिनाकै सस्तो
नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ४०० रुपैँयाले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको ८८ हजार ८०० निर्धारण भएको छ भने तेजावी सुनको मूल्य तोलाको ८८ हजार ३५० कायम भएको छ । हिजो मंङ्गलबार छापावाल सुनको ८९ हजार २०० र तेजावी सुन ८८ हजार ७५० कायम भएको थियो ।

सुनको मूल्य घट्दा चाँदीको मूल्यमा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य तोलामा १५ रुपैँया घटेर ११ सय ९० काम भएको महासंघले जनाएको छ ।

श्रावण महिनाको २७ गतेसम्म आइपुग्दा आज कायम भएको मूल्य यो महिनाको सबैभन्दा कम मूल्य हो । श्रावण १ गते ९३ हजार २०० कायम भएको सुनको मुल्य त्यसपछिका दिनहरुमा क्रमश घट्ने क्रममा छ ।

अन्तराष्ट्रिय बजारमा सुनमा भन्दा शेयर बजारमा आकर्षण बढी भएको कारण सुनको मूल्य उकालो नलागेको व्यवसायीहरू बताउँछन् ।


Last Updated on: August 13th, 2021 at 11:44 am
४७१ पटक हेरिएको

तपाईको प्रतिक्रिया