
काठमाडौं । को’रोनाको कारण धेरै मानिसले रोजगारी गुमाए । दिनभर काम गरेर हात मुख जोड्न पनि मु’स्किलले पुग्ने श्रमिक त को’रोनाको कारण झनै मा’रमा परेका छन् । महिनौंदेखिको लकडाउका कारण श्रमिकहरूले काम पाएका छैनन् । सरकारले पनि ती श्रमिकलाई राहत पुग्ने गरी योजना ल्याउन सकेको छैन ।
नत आर्थिक क्षमता राम्रो भएकाहरूले बिहान खाए बेलुका के खाउँ ? भन्ने अवस्थाका मानिसलाई मन खोलेर सहयोग गरेका छन् । यसरी कोरोनाको कारण बिहान-बेलुकाको दुई छाक टार्न समस्यामा परेका मानिसलाई सहयोग पुगोस् भनेर मोरङको केराबारी गाउँ पालिकाका युवाहरूले भने ‘फुड बैंक’ सुरुवात गरेका छन् । उक्त बैंकमा मानिसलाई दैनिक आवश्यक पर्ने दाल, चामल, नुन, तेललगायत अति आवश्यक खाद्यान्नहरू स्थानीय स्तरमै संकलन गरेर राखिएको छ ।
यो फुड बैंक नेपाल तरुण दल केरा बारीका सदस्यहरूले सुरुवात गरेका हुन् । कोरोना कहर सुरु भएपछि कोरोनाबाट बचौं भनेर ‘मास्क बैंक’ सुरु गरेर युवाहरूले मानिसहरू भोकै बस्नु नपरोस् भनेर ‘फुड बैंक’ सुरु गरेको बताउँछन् । फुड बैंक सञ्चालनमा सक्रिय भएर लागेका नेपाल तरुण दल केराबारीका युवा नेता पप्पु साह भन्छन्, ‘‘झन्डै दुई साता मास्क बैंक सञ्चालन गरेपछि त्यसलाई बृहत् रुप दिन फुड बैंक सुरु गरिएको हो ।’’
केराबारी गाउँपालिका १० मा सुरु भएको फुड बैंकबाट अन्य वडामा ज्याला मजदुरी गर्ने मानिसहरूसमेत लाभान्वित भएका छन्। उक्त बैंक बिहान ९ देखि १० बजेसम्म दिनहुँ सञ्चालन हुने गरेको साहले बताए । लामो समयदेखि को’रोनाका कारण मानिसहरूलाई समस्यामा परेकाले दैनिक उपभोग्य वस्तु लिन दैनिक सयौंको संख्यामा मानिस आउने गरेको साहले बताए ।
‘‘एक घण्टा मात्र सञ्चालन हुने भएकाले यहाँ आउने मानिसहरूको भि’ड हुने गरेको छ ।’’ मानिसको भि’ड कम गर्न अन्य वडामा समेत फुड बैंक सुरु गर्न लागेको साह बताउँछन् । उनले भने ‘‘हामी सम्भव भएसम्म प्रत्येक वडामा फुड बैंक सुरु गर्न लागे का छौं र अझै धेरै समय कसरी फुड बैंक सञ्चालन गर्न सकिएला भनेर साथीहरूसँग छलफल हुँदै छ ।’’
मास्क बैंकबाट सुरु भएको अभियानका लागि सहयोग गर्ने क्रम बढ्दो छ । अहिलेसम्म स्थानीयहरूकै सहयोगमा सञ्चालनमा रहेको उक्त बैंकलाई बाहिर बस्ने मानिसहरूले समेत सहयोगको हात अगाडि बढाउन चाहेको साह बताउँ छन् । तर अब कसरी सहयोग लिने भनेर आफूहरू छलफल गर्दै गरेको साहले बताए । उनीहरूले दैनिक रुपमा फुड बैंकलाई सहयोग गर्नेहरूको नाम सार्वजनिक गर्ने भएकाले विश्वासकै कारण सहयोग गर्नेहरू बढेको साह बताउँछन् ।
यो पनि पढ्नुहोस् :
एजेन्सी । घुम्न जाँदा हराएकी एक महिला एक वर्षपछि फेला परेकी छिन् । अमेरिकामा क्याम्पिङ्ग गर्दा हराएकी ४७ वर्षीया महिला अन्ततः एक वर्ष पछि फेला परिन् । ति महिलालाई ड्रोनको सहयोगमा यूटाको राष्ट्रिय वनको मरुभूमिमा पत्ता लगाइएको थियो । त्यसपछि उद्धार टोली घटनास्थलमा पुगेर महिलालाई त्यहाँबाट सुरक्षित बाहिर ल्याएको हो । उनलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ ।
यूटा काउन्टी शेरिफको कार्यालयले एक विज्ञप्तिमा महिलाले केहि नपाएपछि घाँस खाएर आफूलाई जिउँदो राखेको उल्लेख छ । यद्यपि प्रहरीले महिलाको पहिचान सार्वजनिक गरेको छैन । प्रहरीका अनुसार ति महिलाले आफ्नो शरीरको वजन धेरै कम गरेकी छिन् । त्यसकारण उनी धेरै शारीरिक समस्याहरुसँग संघर्ष गर्दै छिन् । प्रहरीले महिला मानसिक रुपमा पनि बिरामी भएको दाबी गरेको छ ।
अधिकारीहरूका अनुसार ति महिला गत वर्ष डायमण्ड फोर्क क्यान्यनमा आफ्नै स्वतन्त्र इच्छामा घुम्न गईन् । यो क्षेत्र उजाड र धेरै खतरनाक छ । यो दावी गरिएको छ कि ति महिला फर्केर जाँदा बाटोमा हिंडिरहेकी थिईन् । हिड्दै जाँदा उनी अपरचित स्थानभित्र हराइन् । जब कार रोकियो उनी आफैंले हिंड्ने निर्णय गरिन् ।
शुरुका केही दिन, ती महिला आफुले साथमा ल्याएको पानी र खानेकुरा खाएर बाँचिन् । जब उनले लगेको सबै आवश्यक चीजहरू साथमा थिए तब उनी पानीको स्रोतको खोजीमा निस्केकी थिइन् । कडा परिश्रमपछि उनलाई पानी पनि मिल्यो ।
आफ्नो खानेकुरा सकिएपछि ति महिलाले लामो समय घाँस खानुपर्यो । खराब खानपानका कारण उनको स्वास्थ्यमा ठूलो समस्या आयो । युटाको शेरिफ विभागले नोभेम्बर २०२० मा महिलाको खोजी सुरु गर्यो । जब अमेरिकी वन सेवाका अधिकारीहरूले उनको खाली कार शिविरको मैदानमा भेट्टाए तब उनको खोजि थालिएको थियो ।
ति महिला गत आइतबार गाडीको नजिक ड्रोनमा देखा परिन् । त्यसपछि शेरिफ कार्यालयका अधिकारीहरू वन विभागको टोलीसमेत त्यहाँ पुगे । अधिकारीहरूले भने कि हामी त्यस ठाउँमा पुगेपछि एउटा पाल देखियो । पाल बाहिरबाट पूरै खाली देखिन्थ्यो । जब उनीहरु पक्का गर्नका लागि पाल खोले तब त्यसमा एक महिला अर्धचेत अवस्थामा थिइन् ।