शुक्रबार १७ मंसिर २०७८

मोरङको विराटनगरबाट एक वृद्ध भरुवा बन्दुकसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा बराहक्षेत्र नगरपालिका–१ का ६३ वर्षीय बरमबहादुर राई रहेका छन् ।

बाँदरलाई ताकेर पड्काएको छर्राले नातिलाई लागेपछि प्रहरीले उनलाई एक नाल भरुवा बन्दुकसहित पक्राउ गरेको हो । मङ्गलबार राईले बाँदरलाई गोली हान्दा उनकै नाति १३ वर्षीय अभिषेक राईलाई छर्राले लागेर घाइते भएका थिए ।

Ads by AdMana.net

घाइते उनलाई उपचारको लागि घोपा धरान लगेको भन्ने सूचनाको आधारमा प्रहरी टोलीले उनलाई खोजतलास गरिरहेको थियो । खोजतलासकै क्रममा बिहीबार जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले राईलाई विराटनगरबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगर बुझाइएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

यता, इलाका प्रहरी कार्यालय महेन्द्रनगरले पक्राउ परेका राईको घर–कोठाभित्र शुक्रबार खानतलासी गर्दा लुकाई–छिपाई राखेको एक नाल भरुवा बन्दुक फेला परेको थियो ।

उनलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट ज्यान मार्ने उद्योग र हातहतियार मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको सुनसरी प्रहरीका प्रवक्ता डिएसपी नरेन्द्र कार्कीले जानकारी दिए ।https://ktmdainik.com/2021/08/91040/मा खबर छ

 


Last Updated on: August 14th, 2021 at 2:14 am
२५१ पटक हेरिएको

तपाईको प्रतिक्रिया