शुक्रबार १७ मंसिर २०७८

यि हुन् चर्चित गायिका ईन्दिरा जोशीका हुनेवाला पति, प्रेमिसहित अन्तरवार्तामा आएर गरिन् विबाह र भविष्यबारे रमाइलो कुराकानी

काठमाण्डौ – गायिका ईन्दिरा जोशी र नायक कर्माबीच प्रेम रहेको कुरा खुल्न आएको छ । उनीहरु एकअर्कालाई मन पराएको र माया गरेको कुरा बाहीरिएपछि अहिले बिहेको कुरा पनि उत्तिकै चर्चाको विषय बनेको छ ।

दुवैको जोडी निकै सुहाएको भनेर उनीहरुका फ्यानहरुले प्रतिकृया दिएका छन् । ईन्दिराको बिहेको पर्खाईमा रेहका उनका फ्यानहरुले यो कुरा थाहा पाएपछि आफ्नो खुशीलाई सामाजिक सञ्जालमै व्यक्त गरेका छन् । त्यसैगरी नायक कर्माका फ्यानहरुले पनि इन्दिरासंगको प्रेमको चर्चा थाहा पाएपछि उनलाई बधाई तथा शुभकामना दिएका छन् । भिडियो हेर्न तल क्लिक गर्नुहोला

यसैपनि यी दुवै नै आफ्नो आफ्नो क्षेत्रमा निकै नै सालिन् कलाकारको रुपमा चिनिन्छन् । यीनीहरु आफ्नो कामलाई लिएर पनि निकै नै संबेदनशील रहने कलाकारको रुपमा चिनिंदै आएका छन् । एक अन्तरवार्तामा यिनीहरु एकअर्काको प्रेममा रहेको कुरा स्वीकार गरेका छन् । जानकारीकालागी भनिदिंउ इन्दिरा र कर्मा वास्तविक जीवनमा नभई पर्दाकोलागी मात्र प्रेमी प्रेमीका बनेका हुन् ।

रियल लाईफकोलागी नभएपनि यिनीहरुको जोडीलाई सबैले मन पराएका छन् । रिल लाईफकै लागी भएपनि यिनीहरु एकअर्कासंग निकै नै रोमान्स गरेको देख्न सकिन्छ । वास्तविक जीवनमा बिहेको कुरा गर्दा यि दुवैले बिहेको विषयमा अहिले नै आफुहरुले सोंचि नसकेको बताएका छन् । जे माग्यो त्यही पूरा हुने दुप्चेश्वर महादेवको यस्तो छ महिमा…!!

दुप्चेश्वर महादेव मन्दिर नुवाकोट जिल्ला को राउतबेसी गाविसमा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । विशेषगरी जोडी जुराउन र सन्तान माग्नकै लागी यस स्थानमा भक्तजनहरु दुप्चेश्वर महादेव पुग्ने गर्दछन् । सदरमुकाम विदुरदेखि पूर्वमा रहेको राउतवेंशी गाविसको दुप्चेश्वर महादेवको मन्दिरमा यस्तो आस्था बोकेर जाने भक्तजनको आकर्षणले पछिल्लो समयमा सांस्कृतिक तथा धार्मिक महत्वलाई उजागर समेत गरिरहेको छ ।

हरेक वर्षको पुस महिनामा धान्यपूर्णिमाका अवसरमा साताव्यापी विषेश मेला, शिवरात्री, साउन महिना तथा हरेक सोमबार दुप्चेश्वर मन्दिरमा मेला लाग्ने गर्दछ । यहाँ मुख्यतः सन्तान नहुने दम्पतिहरु सन्तान माग्न आउने र महादेवको भक्तिपछि दैवी शक्तिले सन्तान प्राप्त हुने विश्वास गरिन्छ ।

धान्यपूर्णिमादेखि एकसाता लाग्ने मेलालाई परम्परादेखि चल्दै आएको मेला नेपालकै सन्दर्भमा भने अलि फरक छ ।‘जे माग्यो त्यही पूरा हुने’ धार्मिक विश्वास रहेको यस मन्दिरलाई हिन्दू र वौद्ध धर्मालम्बीहरुले दोस्रो पशुपतिनाथको रुपमा पुकार्दै आएका छन् । विषेशगरी निःसन्तान दम्पतिको इच्छा पूरा गरिदिने भएकोले मेलामा भीड लाग्ने गरेको दुप्चेश्वर संरक्षण समितिले बताएको छ । दुप्चेश्वरको दर्शन गर्नाले मनले चिताएको पुग्ने, पुत्र प्राप्ती हुने, लामो समयसम्म नबोल्ने बालबच्चा बोल्ने विश्वासमा यहाँ टाढाटाढाका भक्तजनहरु भाकल गर्ने र भाकल पुरा भएपछि पनि महादेवको दर्शनका लागि यहाँ आउने गर्दछन् ।
छोराछोरी नभएकाको सन्तान, विवाह नभएकाको विवाहको लगन गराइदिन प्रार्थना गर्ने गरेको र इच्छा पूरा पनि भएको धेरै भक्तजनहरुको अनुभव पनि यहाँ सुन्न पाइन्छ । दुर्गम क्षेत्र समेत मानिने यस धार्मिक स्थलमा रहेको दुप्चेश्वर मन्दिर सातसय मिटरभन्दा अग्लो चट्टानको पहरोमा अवस्थित छ । मन्दिरको फेदीमा रहेको तादी नदीबाट बनाइएको घुमाउरो छिँडी हुँदै पालैपालो भक्तजनहरुले पूजा र दर्शनका लागी उक्लने गरेका छन् ।


Last Updated on: August 14th, 2021 at 3:22 pm
२८७ पटक हेरिएको

तपाईको प्रतिक्रिया