बिहिबार २३ मंसिर २०७८

थप एक एम्बुलेन्स सहयोग गर्दै ‘भ्वाइस अफ नेपाल’का विजेता किरण

काठमाडौँ – गायन रियालिटी शो ‘भ्वाइस अफ नेपाल’को तेस्रो संस्करणका विजेता किरण गजमेर यतिबेला आफ्नो जन्मथलो झापामा छन् ।

इन्ट्रा नेशनल वेलफेयर फाउण्डेशन अफ अमेरिकाको आयोजनामा आफ्नो जन्मथलोमा रहेका भुटानी शरणार्थीहरुलाई सहयोग गर्न त्यहाँ पुगेका किरणले थप एक एम्बुलेन्स सहयोग गर्ने घोषणा गरेका छन् ।

इन्ट्रा नेशनल वेलफेयर फाउण्डेशन अफ अमेरिकाद्वारा तय भएका विभिन्न कार्यक्रमका लागि पूर्व पुगेका उनले भुटानी शिविर पथरीमा रहेका अशक्त र वृद्धवृद्धाहरुलाई जनही ५ हजारका दरले भत्ता दिएका थिए । संस्थाका रुद्र बानियाँले हरेक महिना आजिवन भत्ता उपलब्ध गराउने जानकारी दिए ।

त्यस्तै झापाको बेलडाँगीमा रहेको शरणार्थी शिविरमा पनि किरण पुगेका थिए । त्यहाँ संस्थाले वृद्दाश्रम निर्माण गरेको छ । उनले वृद्धाश्रमका लागि अर्को एउटा एम्बुलेन्स सहयोग गर्ने घोषणा गरेका हुन् ।

अब उनले इन्ट्रा नेशनल वेलफेयर फाउण्डेशन अफ अमेरिकाको सहकार्यमा पश्चिममा १ र पुर्व पथरी र झापामा गरी २ एम्बुलेन्स प्रदान गर्ने छन् । पूर्व यात्रामा किरणले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसँग पनि भेट गरेका थिए ।


Last Updated on: August 14th, 2021 at 3:34 pm
२३१ पटक हेरिएको

तपाईको प्रतिक्रिया