आइतबार १९ मंसिर २०७८

कालिकोटको ​शुभकालिका गाउँपालिकाका उपाध्यक्ष पम्पाकुमारी शाहीले राज्यले दिएको सेवा सुविधाको दुरुपयोग गरेकी छन् । कार्यालय सञ्चालनका लागि भन्दै पहिलो वर्षमै आफ्नो लागि भनेर किनेको भे १ ब १४२४ नम्बरको स्कुटर उपाध्यक्ष शाहीले एक वर्षदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतका आफ्नो सहोदर देवर दिपक शाहीलाई चलाउन दिएकी छन् ।

गाउँपालिकाको बजेटमा खरिद गरी निकालिएको स्कुटर आफ्ना आसेपासेलाई मस्ती गर्न दिएको भन्दै स्थानीयले विरोध गरेका छन् । ‘राज्यको सम्पत्ति जनताको सेवाका लागि प्रयोग गर्नु अस्वभाविक हो तर दुरुपयोग गर्न पाइदैन,’ स्थानीय तिलक चौलागाईंले भने ।

by TaboolaSponsored LinksYou May Like
בכירי המשק, הייטקיסטים ופנסיונרים: כך נבנה מועדון החצי מיליון שקלים
Channel22
נפתחה ההרשמה לרכישת הקרקע המבוקשת באבן יהודה מ-149,000 ₪
InvestMaster
הכנה למבחן – כל הדברים שכדאי מאוד שתדעו לפני שאתם יוצאים לנהיגת מבחן
Peugeot israel
शुभकालिका गाउँपालिकामा सडक नै पुगेको छैन, स्थानीय नागरिक सडकको पहुँचमा छैनन्, अझै पनि यहाँका नागरिक पिठ्युँमा भारी बोक्न बाध्य छन्, उता गाउँपालिकाले महँगो स्कार्पियो गाडी खरिद गरेको छ ।यो समाचार आजको राजधानी दैनिकमा छ ।

उपाध्यक्ष शाही स्कुटी देवरलाई जिम्मा लगाएर आप चाँही गाउँपालिकाको स्कारपियो प्रयोग गर्दै आइरहेकी छन् । उपाध्यक्ष शाहीले स्कुटर बिग्रेर एक वर्षदेखि मान्म बजारमा रहेको बताएकी छन्। गाउँपालिका प्रमुख प्रशासकीय अधिकत केन्द्रबहादुर शाहीले लामो समयदेखि बिग्रेर धन्काइएको स्कुटर खोजी गरी मर्मत गर्न भनेको बताए।


Last Updated on: August 15th, 2021 at 11:59 am
१७० पटक हेरिएको

तपाईको प्रतिक्रिया