शनिबार १८ मंसिर २०७८

गाडीको बडी बनाउने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु

सुनसरीमा गाडीको बडी बनाउने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ मेरिङ्डा गाउँपालिका–४ घर भएका ४० वर्षीय रामकुमार लिम्बू रहेका छन् ।

उनी इटहरी उपमहानगरपालिका–१७ लबिपुरस्थित अङ्कित बडि ग्यारेजका मजदुर हुन् । आइतबार साँझ गाडीको बडी बनाउने क्रममा करेन्ट लाग्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

हिजो बेलुका पौने ६ बजे गाडीको बडी बनाउने क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए । घाइते लिम्बूको एपेक्स अस्पताल इटहरीमा उपचारको क्रममा साढे ६ बजे मृत्यु भएको सुनसरी प्रहरी प्रवक्ता डिएसपी नरेन्द्र कार्कीले जानकारी दिए ।

उनका अनुसार घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय पकलीले थप अनुसन्धान गरिरहेको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको: सोमबार, साउन ३२ २०७८ ११:३१:३८
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।


Last Updated on: August 16th, 2021 at 4:57 pm
२०५ पटक हेरिएको

तपाईको प्रतिक्रिया