आइतबार १९ मंसिर २०७८

कञ्चनपुरको गौरीफन्टा नाकामा एक व्यक्तिको मृत्यु भएको छ । भारतको खटिमाबाट उपचार गरेर आएको भनेर बताएका बिरामी अवस्थामा रहेका कञ्चनपुरका एक व्यक्तिको नाकामै मृत्यु भएको हो ।

जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर १ दोमिल्लाका ५२ वर्षीय खडकबहादुर शाहको गौरीफन्टा नाकास्थित पिपल चौतारीमा पल्टिरहेको अवस्थामा मृत्यु भएको डोके बजार प्रहरीले जनाएको छ ।

उनले प्राण त्याग्नु अघि आफू गड्डाचौकी नाका हुँदै खटिएमा उपचार गएको र मङ्गलवार गौरीफन्टा नाका हुँदै फर्किएको बताएका थिए ।

पिलचौतारमा सुतिरहेको देखिएपछि प्रहरीले उनलाई सोधपुछ गरेको थियो ।सोधपुछका क्रममा उनले आफू बिरामी भएको र आफूलाई अस्पताल लगिदिन प्रहरीलाई आग्रह गरेका थिए ।

उनको आग्रहपछि प्रहरीले धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा खबर गरेर एम्बुलेन्स मगाउँदै गर्दा उनले सोही ठाउँमा प्राण त्यागेका थिए ।उनको मृत्यु भएपछि प्रहरीले भर्खरै उनको परिवारलाई खबर गरेको छ ।

अहिले प्रहरीले उनको शव शवबाहनमा राखेर सेती अस्पताल पुर्‍याउने तयारी भइरहेको जनाएको छ ।

सेती प्रादेशिक अस्पतालमा शव पोष्टमार्टमको लागि लगिएको कैलाली स्थित केटिएम दैनिकका संवाददाता पुस्कर पौडेलले जनाएका छन् ।


Last Updated on: August 17th, 2021 at 7:00 pm
१३१ पटक हेरिएको

तपाईको प्रतिक्रिया