शनिबार १८ मंसिर २०७८

मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसीको विषयलाई लिएर प्रतिनिधी सभाको आजको बैठकमा गरमागरम आवाज उठको छ । तालिवानले अफगानस्थान निययन्त्रणमा लिएको भोलीपल्ट नेपालको संसद तातेको हो ।\

विचाराधिन अवस्थामा रहेको एमसीसी पारित गरेमा नेपालको अवस्था पनि अफगानस्थानको जस्तै हुने र एकदिन एमसीसी पास गराउँने शासकहरु पनि अफगानस्थानका राष्ट्रपति र उपराष्ट्रपति भागेको जसरी भागेर अरुको शरणमा जानु पर्ने अवस्था आउने सम्मको चर्चा सदनमा भएको छ ।

आज संसद बैठकको विशेष समयमा आफ्नो धारणा राख्दै नेपाल मुजदुर किसान पार्टीका सांसद प्रेम सुवालले एमसीसी पास गर्नेको हालत अफगानस्थानको राष्ट्रपति र उपराष्ट्रपतिको जस्तो हुने ठोकुवा गरेका छन् । जसले एमसीसी पास गर्छ एक दिन त्यसले हिजो अफगानस्थानको राष्ट्रपति र उपराष्ट्रपति भागेको जसरी भाग्नुपर्ने छ सुवालले भनेका छन् ।

त्यसै गरी आजको संसद बैठकमा नेकपा एमालेका सांसद यज्ञराज सुनुवारले अमेरिकी सहयोग एमसीसी, एमसीसी भनेर बुरुक्क९बुरुक्क नउफ्रिन र अफगानिस्तान घटनाबाट केहि सिक्न सबैलाई सुझाब दिएका छन्।सांसद सुनुवारले केवल विदेशी सेना र सहयोगले सत्ता टिकाउन नसकिने रहेछ भन्ने अफगानिस्तानको घटनाले पुष्टि गरेको बताएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सुनुवारले भनेस् केवल बाहिरको सेना र सहयोगले मात्रै त्यो देशको सत्ता टिक्दो रहेन छ भन्ने कुरा अफगानि राष्ट्रपति र त्यहाँका शासकले देश छोड्नु परेको घटनाले देखाएको छ। यो घटनाले हामीलाई झस्काइरहेको छ ।’

उनले यो घटनाबाट अमेरिकी सहयोग एमसीसी स्वीकार गर्ने विषयमा पनि सोच्नुपर्नेमा जोड दिएका छन् । ‘हामी पनि अमेरिकी सहयोग एमसीसी, एमसीसी भनेर बुरुक्क९बुरुक्क नउफ्रौं, त्यसतर्फ ध्यान दिऊ,’ सुनुवारको भनाइ छ।gorkhalikhabar.comमा खबर छ


Last Updated on: August 18th, 2021 at 12:31 am
१९३ पटक हेरिएको

तपाईको प्रतिक्रिया