बिहिबार २३ मंसिर २०७८

डेढ घण्टाको अन्तरालमा दम्पतिको मृत्यु: लास निकाल्दा कुकुरले बाटो छेक्यो, बाँसमा गोमन सर्प
August 18, 2021 6
13
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share

मोरङ । सङै जिउने सङ्गै मर्ने कसम खाएका पती–पत्नीको मृत्यु एकैसाथ भएका घटनाहरू विरलै सुन्न पाइन्छन् । त्यस्तै घटना मोरङको सुन्दरहरैँचामा घट्न पुगेको छ ।

मोरङको सुन्दरहरैँचामा डेढ घण्टाको अन्तरालमा मृत्यु भएका श्रीमान् श्रीमती स्थानीय लोहन्द्रा घाटमा दाहसंस्कार भएको छ। सुन्दरहरैँचा १२ नं वडा खोर्सानेमा पत्नीको मृत्यु भएको १२ घण्टा पनि नबित्दै पतीको पनि मृत्यु भएको छ ।

आइतवार राती १० बजे ९४ वर्षीय श्रीमती पवित्रादेवी ओझाको मृत्यु भएको थियो । बिहान श्रीमतीको सद्गतिको लागि लासलाई चितामा चढाउँदै गर्दा ९६ वर्षीय खडानन्द ओझाको पनि मृत्यु भएको थियो ।

भोजपुर स्थायी ठेगाना भई हाल सुन्दरहरैँचा –१२ खोर्सानेमा बसोबास गर्दै आएका ओझा दम्पतीका चार छोरा र चार छोरी गरेर आठ जना सन्तान रहेका छन्। सोमवार डेढ घण्टाको अन्तरालमा दुवै जनाको लोहोन्द्रा घाटमा सदगती गरिएको पारिवारिक श्रोतले जनाएको छ ।

बिहान पवित्रादेवीको लास निकाल्दा कुकुरले पटक पटक बाटो छेकेको र पतीको लासमा आगो सल्काउन बोकेको बाँसमा गोमन सर्प बेरिरहेका अवस्था फेला परेको स्थानीयले बताएका छन् ।


Last Updated on: August 18th, 2021 at 5:06 pm
२२० पटक हेरिएको

तपाईको प्रतिक्रिया