शुक्रबार १७ मंसिर २०७८

रौतहट

इनरुवाका भोला राम गाउँघरमा मरेका जनावरको सिनो फाल्ने काम गर्छन्। बाउबाजेदेखि गर्दै आएको यो कामले गाउँ सफा हुन्छ र स्याबासी पाइन्छ भन्ने उनलाई लाग्थ्यो। उल्टो मानिसहरू उनलाई ‘तल्लो जातको’ भनेर गिज्याउँथे। उनको मन बिझाउँथ्यो।उनलाई सडेका सिनो छुँदा त्यति घिन लागेन, जति मान्छेको व्यवहारले लाग्यो। उनी त्यसलाई न पचाउन सक्थे न प्रतिरोध गर्न।

उनलाई यत्ति लाग्थ्यो, आफूले भोगेको विभेद छोरालाई नपरोस्।यसका लागि घरको आर्थिक स्थिति कमजोर भए पनि छोरालाई स्कुल पठाउने उनले हिम्मत कसे।उनले छोरा रामजी रामलाई नजिकैको प्राथमिक विद्यालयमा भर्ना गरिदिए। त्यसअघि घरमै छोराको कखरा उतारेका थिए।

अरू पनि सिकाउन चाहन्थे, तर उनले जानेकै त्यत्ति थियो।दुई कक्षा पुगेपछि रामजी प्रथम भए। त्यसबापत् उनले पुरस्कार पाएनन्, बरू पिटाइ खानुपर्‍यो।गत सोमबार काठमाडौं टेकुस्थित वंशिघाट सुकुम्बासी बस्तीमा भेटिएका रामजीले भने, ‘तल्लो जातको मान्छे किन फस्ट भयो भनेर माथिल्लो जातकाहरूले पिटे। मेरो हात नै काटियो।’

त्यसपछि स्कुलमा दलित र गैरदलितको ट्युसन छुट्टै हुन थाल्यो। पाँच कक्षासम्म रामजी प्रथम भइरहे। छ कक्षादेखि भने आधा घन्टा हिँडेर अर्को स्कुल जानुपर्ने भयो।स्कुल जान रामजीसँग चप्पल थिएन। पाइन्ट पनि घुँडामा प्वाल परेको थियो। उनी त्यही पाइन्ट तलबाट सुर्काउँदै तिघ्रासम्म पुर्‍याउँथे। यति गरेपछि घुँडाको प्वाल छोपिन्थ्यो।एसएलसी नजिकिँदै थियो।


Last Updated on: August 19th, 2021 at 12:32 am
१६४ पटक हेरिएको

तपाईको प्रतिक्रिया