आइतबार २१ जेठ २०८०

मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका वडा नं ११ का युवराज कुमाल अहिले एक्लिएका छन् । उनले एकै वर्षमा तीन अभिभाव गुमाए ।

एक वर्षमै बुवा, हजुरवुवा र हजुरआमालाई गुमाएपछि आमाको संरक्षणमा रहेका उनीहरुको जिवन निकै कठिन भएको छ । अन्य चार छोराछोरी पनि रहेकाले उनको आमाले मात्र पालन पोषण गर्न सक्ने अवस्था छ्न । आमा गोमतीले छिमेकीमा मागेर गुजारा चलाएकी थिइन् ।

तीन अभिभावकको मृत्यु भएपछि १२ वर्षीय बालक युवराज कुमाललाई जापान र पोल्याण्डबाट आर्थिक सहयोग गरिएको छ ।

ऐक्यबद्धता मासिक तथा संसारन्युजकी प्रबन्ध सम्पादक तथा सोलिडारिटी ट्रष्टकी अध्यक्ष चन्द्रिका राना थापा (चन्दा) को पहलमा जापानमा रहेका नारायण स्टेभेन्टलेर १० हजार ६५० रुपैयाँ र पोल्याण्डबाट मित्रलाल पार्देले २० हजार रुपैयाँ गरी जम्मा ३० हजार ६५० रुपैयाँ आर्थिक सहयोग पठाइएका हुन् ।

थापाकै पहलमा यसअघि पनि अमेरिकाबाट समाजसेवी सवि थापाको पहलमा संकलन गरिएको १ लाख रुपैयाँ पत्रकार महासंघ मुगु साखाका अध्यक्ष नृपेन्द्र बहादुर मल्लद्धारा हस्तान्तरण गरिसकिएको छ ।

मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका वडा नं ११ का युवराज कुमालको हजुरबुवा, बुवा र हजुरआमाको एकैवर्षमा मृत्यु भएपछि उनी अभिवभावक बिहिन बनेका थिए । आमा सोमती कुमाल एक्लैले छिमेकी तथा माइतीबाट मागेर ४ छोराछोरीको लालन पालन गर्दै आएकी छन् ।


Last Updated on: May 9th, 2021 at 12:08 pm
५३१ पटक हेरिएको

तपाईको प्रतिक्रिया