बुधबार २२ मंसिर २०७८

दुबईको एक कम्पनीले भारी संख्यामा नेपाली कामदारको माग गरेको छ । दुबईको Tamayaz Employement Services LLC कम्पनिले बिभिन्न पदका लागी ४०० जना नेपाली पुरुष कामदारको माग गरेको हो । न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ ।

तलब खान बस्न सहित ३८ हजार भन्दा बढी रहेको छ । इच्छुक कामदारले मित्र ओभरसिज सर्भिस प्रा.लि को कार्यलय सिनामंगलमा भदौ ७ गते अन्तरवार्ता दिनु पर्ने छ । स्वदेशमा हुने मेडिकलको खर्च,स्वदेशमा हुने बिमा खर्च ,भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैैले बेहोर्नेु पर्नेछ ।यस्तै, भिसा शुल्क ,विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च र हवाई टिकट रोजगारदाता कम्पनीले नै बेहोर्ने छ ।

कोरोना संक्रमणबाट एकैदिन ४२ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ३ हजार ४०३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ८ सय ३८ परीक्षण गर्दा ३ हजार ४०३ जना संक्रमित थपिएका हुन् ।१ हजार ८ सय ३९ जनाको पीसीआर परीक्षण गर्दा २६१३ जनामा संक्रमण पोजेटिभ पुष्टि भएको छ भने ४ हजार ९ सय ९९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७९० जनामा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४२ जनाको संक्रमणका कारण मृत्यु भएको छ भने २१ सय ४ जना निको भएर फर्किएका छन् ।

 


Last Updated on: August 19th, 2021 at 12:48 am
४४३ पटक हेरिएको

तपाईको प्रतिक्रिया