आइतबार १९ मंसिर २०७८

रंगेहात भेटिएका श्रीमान श्रीमति मिलेर संगै बस्ने भए, मिडियाको सफलता भिडियो अन्त्यमा छ

मिसकलबाट माया बसेपछि २० वर्षका युवकले ६० वर्षकी महिलासँग बिहे गरे

काठमाडौं। बिहेको विषयमा कुरा गर्दा केटा र केटीको उमेरको अन्तरलाई महत्व दिइन्छ । सामान्यतया केटाको उमेर केटीको भन्दा केही बढी भएको पाइन्छ ।

PROMOTED CONTENT
Mgid
Mgid

Prince Harry And Meghan Markle Having Marriage Problems
Limelight Media

Make Your Own Product For Your Scalp
Limelight Media

Such A Sweet Life Story Of The Youngest Queen In The World
Brainberries

कहिलेकाहीँ केटीको उमेर पनि थोरै बढी हुन सक्छ ।तर, ४० वर्षको उमेर अन्तर भने सामान्यतया स्वीकार गरिँदैन । भारतको मुरादाबादको रामपुरमा भने २० वर्षका एक युवकले ६० वर्षकी महिलासँग बिहे गरेका छन् ।रामपुरको सैदनगरमा भएको यो विवाहका विषयमा त्यस क्षेत्रमा निकै चर्चा छ । युवक हरदोइका भएको बताइएको छ ।

भारतीय दैनिक अमर उजालाका अनुसार यी दुई मिसकलको माध्यमबाट एक अर्काको नजिक भएका थिए ।दुई वर्ष पहिले यी युवकले आफ्नो मोवाइलबाट कहीँ फोन गर्दै थिए यही क्रममा गल्तीवश फोन अन्तै गयो ।

६० वर्षकी ती महिलाले फोन उठाइन् त्यपछि दुवैबीच फोनमा कुरा हुन थाल्यो । पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला

यो पनि।पढ्नुहोस
वैदेशिक रोजगारीको क्रममा साउदी अरब पुगेको १९ महिनापछि ओखलढुङ्गाका २७ वर्षीय मन्दिप तामाङ (नाम परिवर्तन) जेल परे । एक मुस्लिम युवतीलाई आँखा झिम्क्याएपछि उनी जेल परेका हुन् । जेल परेको कुरा परिवारका सदस्यलाई थाहा भएन ।

तामाङ साउदीको जेद्दा शहरको एक मार्बल कम्पनीमा भ्यान ड्राइभर थिए । जेद्दा शहरको मुख्य सपिङ मलमा सामान पुर्‍याउन जाँदा मुस्लिम युवतीलाई आँखा झिम्क्याउँदा उनी फन्दामा परे । गत साता नेपाल फर्किएका उनी अहिले नयाँ बसपार्कस्थित एक होटलमा क्वारेन्टाइनमा बसेका छन् । उनी मंगलबार घर फर्कँदै छन् ।
होटलमा भेटिएका तामाङले ती युवतीले बुर्का अलि तल झारेर मुसुक्क हाँसेपछि आफूले पनि जवाफी मुस्कान फर्काएको बताए । त्यसबेला आफूले दुईपटक आँखा झिम्क्याएको उनको भनाइ छ । तर, ती युवती मुस्लिम पुजारी (मुतुवा) की छोरी रहेको कुरा तामाङले पछि मात्र थाहा पाए ।

अर्डरअनुसार सप्लाईका लागि विभिन्न ठाउँमा जानुपर्ने तामाङ बताउँछन् । तर, उक्त दिन उको बिदा थियो । बिदाकै दिन सामान पुर्‍याउन जाँदा भएको घटनाले उनलाई जेल पुर्‍यायो ।

‘सपिङ मलको चौथो तलामा एउटी मुस्लिम युवतीले हाँस्दै मलाई हेरिन् । उनी पटक–पटक हाँसिन् पनि । मैले पनि जवाफी मुस्कान फर्काउँदा फन्दामा परे,’ उनले घटना सम्झँदै भने, ‘मैले आँखा झिम्क्याएको बेला उसको बाबुले देखेछ । सपिङ मलको सीसी क्यामेरामा हेरेर पार्किङमै सुरक्षा गार्डले समाते । त्यसपछि सिधै जेल लागे । प्रहरीले किन समाते भन्ने कुरा जेल पुगेपछि मात्र थाहा पाएँ ।’ त्यसपछि तीन महिना जेल परेर छुटेको उनले बताए । उनी मे महिनामा जेल परेका थिए ।
यसरी छुटे

आफूलाई साहुले नै जेलबाट छुटाएको उनको भनाइ छ । ‘मुस्लिमको ठूलो चाड इद आउन लागेको थियो । मैले काम गर्ने कम्पनीको साहुको छोरो अध्यागमन प्रहरीमा कार्यरत रहेछन् । मलाई साहुले नै जेलबाट छुटाउन पहल गरे,’ उनी भन्छन् । साहुले छोराको सहयोगमा ‘यसको आँखा झिम्क्याउने बानी छ’ भनेर सिफारिस गरेपछि जेलबाट छुटेको उनले बताए ।

‘मलाई साहुले जेलबाट निकालेर सिधै विमानस्थल ल्याएर घर पठायो । जरिवानाचाँहि तिर्नु पर्‍यो कि परेन थाहा छैन,’ उनले भने, ‘साहुले ठूलो गुन लगाए । साहुकै कारण धेरै जेलमा बस्नु परेन । नत्र कति वर्ष जेल बस्तुपर्थ्यो ?’ जेलमा प्रहरीले सामान्य सोध–खोज मात्र गरेको उनले भने ।
त्यसपछि जेद्दाको पश्चिम जेलमा पुर्‍याएको उनी बताउँछन् । ‘साउदीमा केटीलाई फर्किएर हेर्न र हाँस्न पाइँदैन भन्ने थाहा हुँदा–हुँदै फसेँ,’ उनी भन्छन् ।
तामाङले जस्तै महिलालाई हेर्ने र जिस्काउँदा नेपाली कामदार फान्दामा पर्ने गरेका छन् ।

साउदीमा महिलालाई जिस्काउन र हेर्न नपाइने प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) का अध्यक्ष कुलप्रसाद कार्की बताउँछन् । उक्त अभियोगमा थुप्रै विदेशीहरू फन्दामा पर्ने गरेका छन् । उनीहरूलाई आर्थिकसँगै जेल सजाय पनि हुने कार्की बताउँछन् । शिलापत्र डटकम बाट

 


Last Updated on: August 19th, 2021 at 5:09 am
४९६ पटक हेरिएको

तपाईको प्रतिक्रिया