शुक्रबार १७ मंसिर २०७८

कैलालीको लम्किचुहा नगरपालिका-४ कौवापुरकी ५० वर्षीया नन्दकली उपचार गर्न छोराको मोटरसाइकल चढेर नेपालगञ्ज आएकी थिइन्। तर घर फर्किनै नपाइ उनीमाथि बाघले झ’म्टियो।

PROMOTED CONTENT
Mgid
Mgid

תשכחו מהשעווה וסכיני הגילוח לצמיתות והיכונו להסרת שיער בלייזר
Skin Silker Pro

A Game Where Everything Is Allowed!
RAID: Shadow Legends

Such A Sweet Life Story Of The Youngest Queen In The World
Brainberries

यौ’न’ अं’गमा गरिने चु’म्ब’न’ले भन्दा यो भागमा गरिने चु’ म्ब’न’ले’ महिलालाई…
केही दिन यता छाति दुख्न थालेपछि भारतमा भएका श्रीमानको सल्लाहमा २२ वर्षीय छोरा सन्तोषको मोटरसाइकल चढेर चेकजाँच गर्न हिँडेकी थिइन्। उनलाई सुगर (चिनी रोग) थियो।

नेपालगञ्ज आएर छातिको सिटी स्क्यान गरे। डाक्टरलाई देखाए। उपचार सकिँदा दिन ढल्किसकेको थियो। नेपालगञ्जबाट हिँड्दा बेलुकाको ६ बजिसकेको थियो ।

पुसको जाडो मोटरसाईकलको यात्रा। तै राजमार्गमा आफ्नै गतिमा नहिँडे उल्टै पछाडिको गाडीले ठोक्लान् भन्ने त्रा’स उत्तिकै हुन्छ। सन्तोषले सुदूरपश्चिम प्रदेश १००८ प ६८०१ नम्बरको मोटरसाइकल हाँकिरहेका थिए। पछाडि उनकी आमा नन्दकली बसेकी थिइन्।

करिब साढे ३ घन्टा लामो यात्रापछि उनीहरू बर्दिया राष्ट्रिय निकुञ्ज प्रवेश गरे। जंगली जनावरको सुरक्षाका लागि निकुञ्ज भित्र चालकका लागि निश्चित गति नि’र्धा’रण गरिएको हुन्छ।

निकुञ्जको निर्देशन अनुसार सन्तोषले पनि मोटरसाईकलको गति घटाए। ‘मेरो मोटरसाईकलको गति त्यस्तै ३०–३५ सम्म थियो होला,’ सन्तोषले सेतोपाटीसँग भने।

उनीहरू अम्रेनी चेकपोष्ट भन्दा ५/६ किलोमिटर अगाडि पुगेका थिए। सडकको उत्तरतर्फ अगाडि करिब १० देखि १५ मिटरको दुरीमा एक्कासी बाघ देखापर्‍यो। उनले मोटरसाईकल अझै स्लो गरे। ‘मोटरसाईकल फर्काएर भाग्न मिल्ने ठाउँ नै थिएन। अगाडि यति ठूलो बाघ थियो के गर्ने गर्ने भयो,’ उनले भने, ‘त्यहीँ बिचमा बाघ जंगलतिर गयो। मौका छोपेर गाडीको स्पिड बढाएर भाग्न खोजेको तर बाघले हामीलाई झुक्याएको रहेछ।’

त्यहीँ बेला बाघले एक्कासी उनीहरूको मोटरसाइकलमा झ’म्टियो। ‘ममीलाई झ’म्टिएर लग्यो,’ सन्तोषले भने, ‘त्यपसपछि ममीले एक पटक चिच्याएर ‘बाबू’ भन्नुभयो।’
मोटरसाईकल सडकमा ढलिसकेको थियो। सन्तोषले पनि ममी–ममी भनेर कराए। रोए। तर उनको चित्कार बाघले सुनेन।‘कराएपछि ममीलाई छोड्ला कि, भनेर म धेरै कराएँ,’ सन्तोषले भने, ‘तर, पा’पीले के छोड्थ्यो, त्यो अ’न्ध’कार रातमा कता लग्यो कता?’

सन्तोषका अनुसार बाघले सुरूमा उनैलाई टार्गेट गरेर झ’म्टिएको थियो। तर, उसको निसाना गुडिरहेको मोटरसाईकलका कारण चुक्यो। सन्तोषको दायाँ पट्टीको ज्याकेटको बाहुला च्यातिएको छ।
‘मलाई टार्गेट गरेर झ’म्टिएको बाघले बाहुला च्यातिपछि ममीलाई समात्यो र घिसार्दै लग्यो,’ सन्तोषले भने ‘मेरो होस नै भएन। के गरौं, के नगरौं भन्ने मनस्थितिमा पुगेछु। रूने कराउनेभन्दा अरू केही गर्न सकिनँ।’


Last Updated on: August 19th, 2021 at 6:56 pm
१५७ पटक हेरिएको

तपाईको प्रतिक्रिया