
बाजुरा – बडिमालिका नगरपालिका–९ का वडअध्यक्ष विनोदकुमार विकको कोभिड संक्रमणबाट मृत्यु भएको छ ।
शनिबार जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि डडेल्धुरा रिफर गरिएका वडाध्यक्ष विकको बाटोमै मृत्यु भएको हो ।
Mgid
Mgid
GOODMENONTHEGO
Men, do this daily to fix ED
Israel #1 sexual health remedy 2019
LEARN MORE→
एक हप्तादेखि बिरामी भएका अध्यक्ष विकमा शनिबार बिहान कोभिड पोजेटिभ देखिएको थियो । विकको अछामको साफेँबगरमा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
यो पनि – प्रधानमन्त्रीका सल्लाहकार थापालाई कोभिड पुष्टि
काठमाडौं – प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापालाई दोस्रोपटक कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार गरिएको पीसीआर परीक्षणमा थापामा कोभिडसंक्रमण पुष्टि भएको हो ।
थापालाई यसअघि पहिलो लहरको कोभिड पनि पुष्टि भएको थियो । शुक्रबार प्रधानमन्त्री सहित बालुवाटारमा रहेका सचिवालय, सुरक्षा निकाय, चालक लगायत १ सय जना भन्दा बढीको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो ।
प्रधानमन्त्री ओलीको भने कोभिड परीक्षण नेगेटिभ देखिएको छ ।