सोमबार २० मंसिर २०७८

पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टी पुनर्गठनको विकल्प नरहेको बताएका छन् । भारतको नयाँदिल्लीमा उपचाररत खनालले इलामका सञ्चारकर्मीहरुसँग अनलाइन संवाद गर्दै दक्षिणपन्थी अवसरवादको चपेटामा नेतृत्वले पार्टीलाई पुर्‍याएकाले क्रन्तिकारी विचारसहित पार्टीलाई अघि बढाउन आग्रह गरे ।

एकीकृत पार्टी बनाइसकेका थियौं त्यसलाई वर्तमान नेतृत्वले ध्वस्त पार्‍यो,’ उनले भने, ‘सर्वसम्मत ढंगले संविधानसभाबाट राम्रो संविधान बनाए पनि नेतृत्वले च्यातच्युत पार्‍यो ।’ संसदलाई ध्वस्त पारेर जनमतलाई वर्तमान नेतृत्वले लत्याउन खोजेको आरोपसमेत उनले लगाए ।

अहिलेको नेतृत्वले नेताहरुलाई एकपछि अर्को कारबाही गर्ने र पूर्वाग्रहीरुपमा हेर्ने गरेको उनको भनाइ छ । समाजवादलाई लक्ष्य मानेर पार्टी पुनर्गठनको विकल्प नरहेको बताउँदै उनले पार्टीका सबै नेता कार्यकर्तालाई बिना हिच्किचाहट पहलकदमी लिएर अघि बढ्न आग्रह गरेका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

भारतबाटै झलनाथले छाडे पार्टी, अस्पताल बेडबाटै एमाले छाडेको घोषणा


Last Updated on: August 21st, 2021 at 1:01 am
१९४ पटक हेरिएको

तपाईको प्रतिक्रिया