मंगलबार १२ आश्विन २०७८

विश्वकप फुटबल २०२२ को लागि कतार पुलिसमा नेपालीलाई रोजगारीको अवसर, यस्तो छ तलब र प्रक्रिया
भदौ ४, २०७८ – by Samaj Patra

recommended by
Mgid
Mgid

TESTOULTRA
It’s Not A Secret! Any Man Can Last 2 Hours In Bed With This
LEARN MORE
विश्वकप फुटबल २०२२ को लागि कतार पुलिसमा नेपालीलाई रोजगारीको अवसर, यस्तो छ तलब र प्रक्रिया

फीफा विश्वकप २०२२ को लागी कतार रोजगार मा सामेल हुने राम्रो अवसर। श्रम मन्त्रालय २०२२ विश्वकप फुटबल २०२२ को सफल आयोजनाको लागि नेपाली परिचालन गर्ने भएको हो ।

नेपालीलाई कतार बिश्वकपको सुरक्षाको रुपमा लिने भए संगै नेपालीहरुलाई रोजगारिको राम्रो अवसर सृजना हुने भएको छ ।

कतारले सन् २०२२ मा आयोजना गर्ने विश्वकप फुटबल प्रतियोगिताको सुरक्षाका लागि नेपाली सुरक्षाकर्मी परिचालन गर्न कतार सरकार तयार भएको छ।

नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मदले नेपालका गृहमन्त्री रामबहादुर थापासँग भेटेर सुरक्षा गार्डका रूपमा धेरै सङ्ख्यामा नेपाली लैजान कतार इच्छुक भएको र यसका लागि छुट्टै सम्झौता गर्न समेत कतार सरकार तयार रहेको बताएका थिए।

जवाफमा गृहमन्त्री थापाले कतारको प्रस्तावप्रति नेपाल सकारात्मक रहेको बताएका थिए। गृहमन्त्री थापाले कतारमा कार्यरत नेपालीहरुको सेवा, सुविधा तथा सुरक्षाको विषय उठाउँदै सुरक्षा र अन्य क्षेत्रमा समेत दुई देशबीच सहकार्यका लागि भेटवार्तामा आग्रह गरेका थिए ।

राजदूत मोहम्मदले नेपाल र कतारबीचको कुटनीतिक सम्बन्ध ४० वर्ष पुगेको सो अवसरमा गृहमन्त्री थापालाई कतार भ्रमणका लागि निम्ता समेत गरेका छन्।


Last Updated on: August 21st, 2021 at 1:04 am
१५८ पटक हेरिएको

तपाईको प्रतिक्रिया