शनिबार १८ मंसिर २०७८

चर्चित सांगीतिक रियालिटी सो ‘नेपाल आइडल सिजन–४’ मा यस पाली नयाँ निर्णायकहरुको आगमन भएको छ l सुगम पोख्रेल, शम्भुजित बास्कोटा र शुभानी मोक्तान यस पाली निर्णायकको रूपमा नेपाल आइडलमा भित्रीएका हुन् l सो

टिमहरूले तस्विर राख्दै यी जजहरू भएको भन्दै सामाजिक सञ्जाल मार्फत जानकारी गराएका हुन् l त्यसै गरी यस पाली होस्टको रूपमा असिफ शाहलाई मोडेल रेश्मा घिमिरेले साथ दिँदै छिन् l


निर्देशक सुरेश पौडेलले सो को निर्देशन गर्दै छन् l फ्रेन्चाइज गायन रियालिटी सो रहेको ‘आइडल’ पहिलो सिजनबाट नै चर्चामा आउनुका साथै यस रियालिटी सोलाइ दर्शकले अत्यधिक रुचाएका थिए l सोबाट केही गायक/गायिकाको उदय पनि भयो । ‘नेपाल आइडल’ एपिवान टेलिभिजनबाट प्रसारण हुँदै आएको छ ।


Last Updated on: August 21st, 2021 at 1:16 am
१७१ पटक हेरिएको

तपाईको प्रतिक्रिया