Latest posts
-
बालेनलाई संसदीय दलको नेता चयन गर्न रास्वपाले बोलायो केन्द्रीय समिति
९ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक आह्वान गरेको छ । पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बैठक चैत १२ गते दिउँसो ४ बजे बनस्थलीस्थित केन्द्रीय कार्यालयमा बस्नेछ । उक्त बैठकमा संसदीय दलको नेतृत्व सम्बन्धी विषय मुख्य एजेन्डा रहने बताइएको छ । केन्द्रीय समितिको निर्णयपछि संसदीय दलले बालेन्द्र शाह (बालेन) लाई
-
इरान भन्छ- वार्ता भएकै छैन, ट्रम्पको प्रतिक्रिया- एक शीर्ष व्यक्तिसँग भइरहेको छ
९ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्भावित युद्ध टार्न उच्च तहमा संवाद भइरहेको दाबी गरेका छन् । सोमबार उनले इरानमाथि पाँच दिनसम्म आक्रमण नगर्ने र त्यस अवधिमा वार्तामार्फत समाधान खोज्ने प्रयास भइरहेको बताएका हुन् । तर ट्रम्पको उक्त भनाइलाई इरानका विदेशमन्त्री अब्बास अरागचीले अस्वीकार गरेका छन् । इरानी विदेश मन्त्रालयद्वारा जारी वक्तव्यमा
-
दुई महामन्त्री लिएर ओलीलाई समवेदना दिन गुण्डु पुगे विश्वप्रकाश
९ चैत, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा पितृ शोकमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई समवेदना दिन उनको निवास भक्तपुरको गुण्डु पुगेका छन् । शर्मा पार्टीका महामन्त्रीहरू गुरुराज घिमिरे र प्रदीप पौडेलसहितलाई लिएर ओली निवास गुण्डु पुगेका हुन् । केपी ओलीका बुबा मोहनप्रसादको ९७ वर्षको उमेरमा फागुन २९ गते निधन भएको हो
-
सूर्यदर्शन सहकारीमा रविविरुद्ध जाहेरी दिने कृष्ण नै सहकारी ठगीमा पक्राउ
९ चैत, पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जीवी राई, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतविरुद्ध जाहेरी दरखास्त दिने कृष्णप्रसाद जैसी नै अर्को सहकारी ठगी आरोपमा पक्राउ परेका छन् । सूर्यदर्शन सहकारीमा पीडितका संघर्ष समितिका तर्फबाट आन्दोलनदेखि अदालतसम्म बहस र आन्दोलन गरेका जैसी नै पोखराको धनुष बचत तथा ऋण सहकारी ठगी प्रकरणमा प्रमुख
