पर्सामा पत्नीको खुट्टा काट्ने विश्वनाथ सहनी पक्राउ, महिला गम्भीर घाइते

विश्वनाथ सहनी पक्राउ, पत्नी खुट्टा काट्ने घटना

१५ चैत  | वीरगञ्ज, पर्सा – जिल्ला प्रहरी कार्यालयले अमानवीय ढंगले पत्नीको खुट्टा काटेर फरार रहेका विश्वनाथ सहनीलाई पक्राउ गरेको छ। गत चैत १ गते पर्सागढी नगरपालिका–३, बिरुवा टोलमा ३० वर्षीय सहनीले आफ्नी पत्नी हरिकलादेवीलाई हातखुट्टा बाँधेर धारिलो हतियारले बाँया खुट्टाको पैतलाभन्दा माथिल्लो भाग छिनिने गरी घाइते बनाएका थिए। घाइते महिलालाई बारास्थित एलएस न्युरो अस्पतालमा प्रारम्भिक उपचार दिइएको छ। प्रहरीका अनुसार, विश्वनाथ सहनीलाई शनिबार नियन्त्रणमा लिई कानुनी प्रक्रिया अघि बढाइएको छ। यस घटनाले घरेलु हिंसा र महिला सुरक्षा सम्बन्धमा सामाजिक सञ्जालमा ठूलो प्रतिक्रिया उत्पन्न भएको छ।

छुट्टिएको परिवार मिलाउने अभियान
रसुवा, नुवाकोट लगायतका जिल्लामा बाढीबाट हराउनु भएका वा भेटिनु भएकाहरूको सूचना एकै ठाउँमा

📢 हराउनु / भेटिनु भएकाहरूको रिपोर्ट गर्नुहोस्

क्लिक गर्नुहोस् र रिपोर्ट गर्नुहोस्