विभिन्न स्वास्थ्य परिषद्हरूमा नयाँ नेतृत्व चयन: डा. श्रेष्ठ, डा. जोशी, डा. अर्याल र रमेश श्रेष्ठ नियुक्त

५ भदौ, काठमाडौं ।

काठमाडौँ । नेपाल सरकारले मुलुकका प्रमुख स्वास्थ्य नियामक निकाय तथा परिषद्हरूमा नयाँ नेतृत्व चयन गर्दै महत्त्वपूर्ण पदाधिकारीहरू नियुक्त गरेको छ। नेपाल मेडिकल काउन्सिल (एनएमसी), नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी), आयुर्वेद चिकित्सा परिषद् र नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा नयाँ रजिस्ट्रार तथा सदस्य सचिवहरू नियुक्त भएका हुन्। नवनियुक्त पदाधिकारीहरूले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरी आफ्नो जिम्मेवारी औपचारिक रूपमा सम्हालेका छन्।

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रार पदमा वरिष्ठ दन्त चिकित्सक तथा अर्थोडोन्टिक्स विशेषज्ञ डा. सुप्रभात श्रेष्ठ नियुक्त भएका छन्। चिकित्सा शिक्षा, नियमन, परीक्षा सञ्चालन र प्रशासनिक क्षेत्रमा लामो अनुभव संगालेका डा. श्रेष्ठले भारतको तमिलनाडुस्थित भीएमएस डेन्टल कलेजबाट बीडीएस र रुसको भोल्गोग्राड स्टेट मेडिकल युनिभर्सिटीबाट स्नातकोत्तर गरेका छन्। त्यसैगरी, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) को सदस्य सचिवमा डा. प्रमोद जोशी पुनः दोहोरिएका छन्। युक्रेनको ओडेसा स्टेट मेडिकल युनिभर्सिटीबाट एमबीबीएस र न्याम्सबाट स्नातकोत्तर गर्नुभएका डा. जोशी यसअघि पनि सोही पदमा रहेर अनुसन्धान क्षेत्रमा योगदान पुर्‍याउँदै आउनुभएको थियो।

त्यस्तै, आयुर्वेद चिकित्सा परिषद्को रजिस्ट्रारमा डा. हरि शरण अर्याल चयन हुनुभएको छ। त्रिभुवन विश्वविद्यालयअन्तर्गत आयुर्वेद क्याम्पसबाट बीएमएस र कायचिकित्सा विषयमा स्वर्ण पदकसहित एमडी गर्नुभएका डा. अर्याल आयुर्वेद क्षेत्रका दक्ष चिकित्सक हुनुहुन्छ। अर्कोतर्फ, नेपाल स्वास्थ्य व्यवसायी परिषद्को रजिस्ट्रारमा रमेश श्रेष्ठ नियुक्त हुनुभएको छ। मेडिकल रेडियोग्राफी तथा इमेजिङ प्रविधि क्षेत्रमा दुई दशकभन्दा लामो कार्यअनुभव बोक्नुभएका श्रेष्ठले भारतको राजीव गान्धी स्वास्थ्य विज्ञान विश्वविद्यालय र राजस्थानस्थित नेशनल इन्स्टिच्युट अफ मेडिकल साइन्सेसबाट उच्च शिक्षा हासिल गर्नुभएको छ।

नेपालको स्वास्थ्य क्षेत्रलाई नियमन गर्ने र अनुसन्धानलाई अघि बढाउने प्रमुख निकायहरूमा अनुभवी तथा विषयविज्ञहरूको नियुक्तिले समग्र स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि हुने विश्वास लिइएको छ। मन्त्री निशा मेहताले नवनियुक्त पदाधिकारीहरूलाई बधाई ज्ञापन गर्दै परिषद्हरूको साख उच्च राख्न, चिकित्सा शिक्षालाई व्यवस्थित बनाउन र अनुसन्धानमूलक कामलाई प्राथमिकता दिन निर्देशन दिनुभएको छ। यी नियुक्तिहरूसँगै स्वास्थ्य सम्बन्धी परिषद्हरूले पूर्णता पाएका छन् भने आगामी दिनमा जनस्वास्थ्य र नियमनका कामहरू थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।

यो पनि पढ्नुहोस: स्मार्ट टेलिकम प्रकरण: ८० लाख धरौटी बुझाएर नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ पाण्डे रिहा, स्वास्थ्य बिमाको बजेट घटाइएको छैन, गत वर्ष ११ अर्ब र यस वर्ष ५ अर्ब थपियो: डा. स्वर्णिम वाग्ले, दुर्गा प्रसाईंको भक्तपुरस्थित निवासमा प्रहरीको छापा, ६ वटा मोबाइल र आईप्याड नियन्त्रणमा, हरित उद्यम प्रवर्द्धनका लागि कुमारी बैंक र हेल्भेटास नेपालबीच सम्झौता, चलचित्र ‘ककाकिकी’को शीर्ष गीत सार्वजनिक, अर्जुन सापकोटाको पार्श्वगायनमा डेब्यु, नेपाली बजारमा सुनको मूल्यमा ऐतिहासिक उछाल: एकैदिन तोलामा ९ हजार ३ सय रुपैयाँले बढ्यो, सर्लाहीबाट तीन सय किलो अवैध गाँजा बरामद, अनुसन्धान तीव्र, नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर रावल नियुक्त

पर्यटन प्रबन्धनको लागि tarevir.com,
नागरिक जिम्मेवारीको लागि jimmewari.com,
दक्ष सेवाहरूको लागिskillssewa.com
को सुरुवात गरिएको छ, जसले सेवाको सहज व्यापार र सचेतनाका लागि मञ्च प्रदान गर्नेछन्।

छुट्टिएको परिवार मिलाउने अभियान
रसुवा, नुवाकोट लगायतका जिल्लामा बाढीबाट हराउनु भएका वा भेटिनु भएकाहरूको सूचना एकै ठाउँमा

📢 हराउनु / भेटिनु भएकाहरूको रिपोर्ट गर्नुहोस्

क्लिक गर्नुहोस् र रिपोर्ट गर्नुहोस्