२ कात्तिक, काठमाडौं ।
नेपाली कांग्रेसले यस वर्षको बडादसैँको अन्तिम दिन अर्थात् कोजाग्रत पूर्णिमाका अवसरमा आयोजना गर्दै आएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम रद्द गरेको छ। देशमा हालै आएको प्राकृतिक विपद् र उत्पन्न शोकका कारण यस वर्ष कुनै उत्सव वा औपचारिक समारोह नगर्ने निर्णय पार्टीले गरेको हो।
पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिअनुसार बाढी, पहिरो र डुबानका कारण मुलुकले ठूलो जनधनको क्षति व्यहोर्नुपरेकाले सिङ्गो देश शोकमा डुबेको छ। यस्तो संवेदनशील अवस्थामा खुसी साटासाट गर्ने कार्यक्रम गर्नु उपयुक्त नहुने ठहर गर्दै कांग्रेसले चियापान स्थगित गरेको जनाएको छ।
नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले २०३४ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि कोजाग्रत पूर्णिमाका दिन शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको सुरुवात गर्नुभएको थियो। त्यसयता कांग्रेसले प्रत्येक वर्ष दसैँ, तिहार र छठ पर्वको अवसर पारेर विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाजका प्रबुद्ध व्यक्तित्व र सर्वसाधारणलाई आमन्त्रण गरी चियापान आयोजना गर्दै आएको थियो। विशेष परिस्थितिबाहेक यो कार्यक्रम निरन्तर सञ्चालन हुँदै आएको छ।
विपद्को यस कठिन घडीमा उत्सव मनाउनुभन्दा प्रभावित नागरिकको सेवामा समर्पित हुनुपर्ने भन्दै पार्टीले आफ्ना सम्पूर्ण नेता, कार्यकर्ता तथा भ्रातृ संस्थाहरूलाई उद्धार, राहत र पुनर्स्थापना कार्यमा सक्रियताका साथ जुट्न निर्देशन दिएको छ। साथै प्रभावित परिवारलाई आवश्यक सहयोग पुर्याउन पार्टीले सबैमा अपिल पनि गरेको छ।
यो पनि पढ्नुहोस: बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते, रोल्पा र नवलपुरमा अटो दुर्घटना: तीन जनाको मृत्यु, सात घाइते, निःशुल्क यातायात सेवा: खोटाङमा दसैँ-तिहारमा चेलीबेटीलाई माइती पुर्याउन युवाहरूको अभियान, रोल्पा र कावासोतीमा अटो दुर्घटना: तीन महिलाको मृत्यु, सात घाइते, खोटाङमा दसैँ-तिहारमा चेलीबेटीका लागि निःशुल्क यातायात अभियान सञ्चालन हुने, बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई घाइते, टाइगर श्रफको गाडीमा गोली प्रहार: अभिनेता सुरक्षित, चालकसहित दुई घाइते, सवारी दुर्घटनामा परी देशका विभिन्न स्थानमा नौ जनाको मृत्यु, चाडपर्वमा सडक असुरक्षा बढ्यो
पर्यटन प्रबन्धनको लागि tarevir.com,
नागरिक जिम्मेवारीको लागि jimmewari.com,
दक्ष सेवाहरूको लागिskillssewa.com
को सुरुवात गरिएको छ, जसले सेवाको सहज व्यापार र सचेतनाका लागि मञ्च प्रदान गर्नेछन्।

















Leave a Reply