महाअष्टमीको कर्म आज नवरात्रको नवौँ दिन पनि दोहोरिने, पञ्चाङ्ग समितिको यस्तो छ निर्णय

महाअष्टमीको कर्म आज नवरात्रको नवौँ दिन पनि दोहोरिने, पञ्चाङ्ग समितिको यस्तो छ निर्णय

बडादशैँ अन्तर्गत नवरात्रको नवौँ दिन आज कात्तिक २ गते पनि शास्त्रानुसार महाअष्टमी कै धार्मिक कर्म दोहोर्‍याइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्षको नवरात्रमा तिथि वृद्धि भएका कारण लगातार दोस्रो दिन पनि महाअष्टमीकै पूजाआजा, सङ्कल्प र बलि दिने लगायतका विधि पालना गर्नुपर्ने भएको हो।

समितिले स्वीकृति दिएको आधिकारिक पात्रो अनुसार कात्तिक १ गते र २ गते दुवै दिन अष्टमी तिथिको प्रभाव परेकाले यो स्थिति आएको हो। धर्मशास्त्रमा तिथि वृद्धि भएर दुई दिन एउटै तिथि परेमा दुवै दिन सोही अनुसारका धार्मिक कृत्य सम्पादन गर्नुशास्त्रसम्मत मानिने पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

यस अवसरमा काठमाडौँ उपत्यकाका गुह्येश्वरी, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, मैतीदेवी, कालिकास्थान, दक्षिणकालीलगायत देशभरका प्रमुख शक्तिपीठहरूमा बिहानैदेखि श्रद्धालु भक्तजनहरूको बाक्लो उपस्थिति रहेको छ। तिथि वृद्धिका कारण नवौँ दिन परे पनि नवदुर्गा भवानीको अष्टमीकै स्वरूपमा पूजाअर्चना भइरहेको छ।

बडादशैँको नवरात्रभर महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष आराधना गर्ने परम्परा छ। समितिले पञ्चाङ्ग अनुसार तोकिएको विधि पालन गर्दा शास्त्रोक्त मान्यताको उल्लङ्घन नहुने र धर्मशास्त्रको विधि अनुसार नै यो कर्म दोहोरिएकाले भक्तजनहरूलाई ढुक्क भएर आ-आफ्नो परम्परा अनुसार पूजापाठ गर्न आग्रह गरेको छ।

तिथिमा आउने यस्तो परिवर्तनले दशैँको समयावधि र धार्मिक अनुष्ठानमा केही फरक पारे तापनि आम भक्तजनहरूमा धार्मिक उत्साह र श्रद्धा उच्च देखिएको छ। आजको कृत्य समाप्तिसँगै भोलि महानवमी र त्यसपछि विजयादशमीको मुख्य दिन सुरु हुनेछ।

थप उपयोगी लिङ्कहरू

यो सामग्री WpNewblog द्वारा तयार — www.rameshpoudel.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुट्टिएको परिवार मिलाउने अभियान
रसुवा, नुवाकोट लगायतका जिल्लामा बाढीबाट हराउनु भएका वा भेटिनु भएकाहरूको सूचना एकै ठाउँमा

📢 हराउनु / भेटिनु भएकाहरूको रिपोर्ट गर्नुहोस्

क्लिक गर्नुहोस् र रिपोर्ट गर्नुहोस्