निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

२० चैत  काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ (एफ्क्यान)को १३औं महाधिवेशनबाट निकोलस पाण्डे अध्यक्षमा निर्वाचित भएका छन्। सार्वजनिक गरिएको नतिजाअनुसार पाण्डेले ५१४ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी आङ दोर्जी लामाले ४१३ मत प्राप्त गरेका थिए। यससँगै महासंघमा पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको छ।

निर्माण व्यवसायी महासंघको अध्यक्ष निकोलस पाण्डे, वरिष्ठ उपाध्यक्षमा रामजी पन्त निर्वाचित भएका छन् ।

वरिष्ठ उपाध्यक्षमा रामजी पन्त ४७४ मतसहित विजयी भएका छन् भने महासचिव पदमा शिवहरि घिमिरे ५२७ मत ल्याएर निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी बलिभद्र रानाले ३८० मत प्राप्त गरेका थिए। निर्वाचनमा विभिन्न पदका लागि कडा प्रतिस्पर्धा देखिएको थियो। उपमहासचिव, कोषाध्यक्ष तथा सह–कोषाध्यक्ष पदमा समेत बहुपक्षीय प्रतिस्पर्धा भएको थियो। नवनिर्वाचित अध्यक्ष पाण्डेले निर्माण व्यवसाय क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारसँग सक्रिय रूपमा समन्वय गर्ने र सार्वजनिक खरिद ऐनका विवादित प्रावधान संशोधनका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन्। निकोलस पाण्डे राप्रपाका पूर्व सांसद तथा पूर्वमन्त्री Bikram Pandey का छोरा हुन्। उनी Kalika Construction का निर्देशकसमेत रहेका छन्।


यो पनि पढ्नुहोस्