११ चैत, काठमाडौं — जेटस्टार न्युजिल्यान्डले मध्यपूर्वमा जारी युद्धका कारण हवाई इन्धनको मूल्य बढेको भन्दै केही आन्तरिक उडान र अष्ट्रेलिया–न्युजिल्यान्डबीचका उडान रद्द गरेको छ।
कम्पनीका अनुसार मे महिनाका करिब १२ प्रतिशत उडान प्रभावित भएका छन्। यसमा अकल्यान्ड, क्राइस्टचर्च, वेलिङ्टन, सिड्नी र ब्रिसबेनबीचका उडानहरू पर्दछन्। बीबीसीका अनुसार प्रभावित यात्रुहरूलाई विकल्पको रूपमा सोही दिनको अर्को उडानको प्रस्ताव दिइएको छ।
जेटस्टारका प्रवक्ताले भने, ‘हामीले तालिकामा केही अस्थायी परिवर्तन गरेका छौं। मध्यपूर्वको द्वन्द्व र बढ्दो लागतका कारण हवाई इन्धनको मूल्यमा भएको वृद्धि यसको मुख्य कारण हो। असुविधा परेकोमा क्षमाप्रार्थी छौं।’
यस्तै, सोमबार भियतनाम एयरलाइन्सले पनि इन्धन मूल्य र उपलब्धताको कारण हप्तामा झन्डै दुई दर्जन आन्तरिक उडान रद्द गरेको छ। म्यानमारका एयरलाइन्सहरूले पनि आफ्ना आन्तरिक उडान तालिकामा कटौती गरेका छन्।

